आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पल शाह बिरुद्दको मुद्दामा अदालतबाट आयो नमिठो खबर

प्रकाशित
512
SHARES

काठमाडौँ। नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ। तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।

के-के छन् पलविरुद्धका प्रमाण ? पलविरुद्धको जबर्जस्ती करणी मुद्दामा केही समयअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको थियो। पीडितको स्वास्थ्य परीक्षणले पनि उनको संवेदनशील अंगमा चोट रहेको देखाएको थियो।

पल शाहले तनहुँ र नवलपुरमा प्रहरीसमक्ष दिएको बयानमा दुईबीच विवाद बढेपछि ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन्। तर जबरजस्ती करणी चाहिं अस्वीकार गरेका थिए।

उनका अनुसार २०७८ सालको जेठ अन्तिमतिर पीडित किशोरीले फोन गरेर ‘तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, महिनावारी रोकियो‘ भन्दै म्यासेज गरेकी थिइन्।

त्यसपछि पीडितकी आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गरेको भन्दै उनले बयानमा भनेका छन्, मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमर पुगेको छैन भनेको थिएँ।

पलले भने तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई ‘बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका थिए। नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी गरेको वयान दिएका थिए।

तनहुँमा शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। पीडितको बयान अनुसार जोशीले शाहसँग घुम्न जान र उनले भनेको मान्न भन्दै फकाउने गरेका थिए।

भिडियो सुटिङका क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा जोशीले सहयोग गरेका थिए पीडित किशोरीले वयानका क्रममा भनेकी छन्।

बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा सरकार अर्थात् वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गर्दा अन्य बालबालिका असुरक्षित हुने तर्क पेश गरेका छन्।

बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा एक कानुन व्यवसायीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताएका हुन्।

वादीको तर्फबाट बहस गर्ने एक कानुन व्यवसायीले आफ्नो बहसमा बालिका बलात्कार प्रकरणमा प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानु अपराधिक मनसाय र मध्यरातमा बालिका सुतेको कोठामा गएर करणी गरेको विषय बालिकाको बयानमा उल्लेख भएकाले आपराधिक कार्य दुवै भएको दाबी गरेका छन्।

पीडितको शरीर नै घटनास्थल हुने, बलात्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्त्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने वकिलको जिकिर थियो।

बलात्कारजन्य अपराधमा परिस्थितिजन्य प्रमाण नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रमाण हुने किरण बिकविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतको नजिर प्रस्तुत गर्दै परिस्थितिजन्य प्रमाणले वारदात पुष्टि हुने ती कानुन व्यवसायीले बताए।

प्रतिवादी आफैले दिएको बयान, प्रतिवादीका म्यानेजर तथा मुद्दामा मतियार बनाइएका व्यक्तिले दिएका बयान आदिले अभियोग दावी पुष्टी हुने भन्दै अपराधसँग जोडिएको व्यक्तिलाई बाहिर छाड्दा समाज आतंकित हुने उनको दलिल थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ अनुसार ३ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दामा प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उल्लेख भएको भन्दै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका छन्।

यस्ता घटनाका आरोपित व्यक्ति थुनाबाहिर आउँदा अन्य नाबालिगहरु जोगाउन गाह्रो हुने पनि सरकारवादी वकिलको जिकिर थियो। साथै अभियुक्तलाई थुनाबाट बाहिर ल्याउँदा पीडित र पीडितको परिवारलाई धाक धम्की र प्रलोभन दिई होस्टाइल गराउन सक्ने।

पहिले पनि पीडितको ज्यान लिनेसम्मको धम्की आएकाले ज्यान नै लिनसक्ने डरसमेत भएको भन्दै अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए।

कानुन सबैलाई बराबर भएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, एक सेलिब्रेटी र एक सामान्य नागरिक कानूनको दृष्टिमा समान हैसियतमा रहने पनि ती अधिवक्ताको जिकिर थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ