आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

प्रकाशित
257
SHARES

काठमाडौं। बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्। उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन्। १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन्।

उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन्। सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ। सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ।

हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ, ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो।

१४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो। सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए। मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए।

मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, आपका फ्यान नेपालमे बहुत है। हम आपको स्वागत करने के लिए आतुर है।’ उनले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे।

आलेले आफू सलमानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत हेरेको प्रतिक्रिया दिए।दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो।

ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए। कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ।

बलिउड अभिनेता सलमान खान र पर्यटनमन्त्री प्रेम आलेबीच भिडियो संवाद भएको छ। बुधबार मन्त्री आले र अभिनेता खानबीच भर्चुअल संवाद भएको हो। अभिनेता खान नेपालमा आउन लागेको भन्दै मन्त्री आलेले खुशी व्यक्त गरे।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ। हम आपको स्वागत करनेके लिए आतुर हे। सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए।

आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए। भिडियो कुराकानीका क्रममा मन्त्री आलेले अभिनेता खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिदिन आग्रह गरे।

जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए। तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु। यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु।

त्यसमा तपाईले सहयोग गर्नुपर्‍यो’ मन्त्री आलेले भने। नेपाल भ्रमणका क्रममा अन्य क्षेत्रको पनि भ्रमण गर्न मन्त्री आलेले सलमानलाई निम्तो दिएका छन्। करिब १० मिनेट भएको भिडियो कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको पनि बताए।

नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो। सलमान खानसँगको भिडियो संवादपछि मन्त्री आलेले सञ्चारकर्मीहरुसँग भारतीय सेलिब्रेटी नेपाल आउन लागेको बिषयलाई बढी प्रचार गर्न सकिए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे।

ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रमका लागि खान नेपाल आउन लागेका हुन। अभिनेता खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ दशरथ रंगशालामा हुने छ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोरोनाको जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुन लागेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ