आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पल प्रकरणमा पीडित किशोरीको बयान: मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए

प्रकाशित
403
SHARES

काठमाडौ। ब’ला’त्का’र आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर ब’ला’त्का’र गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन्।

संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन्।

उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन्। शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन्।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन । पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ।

पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन्।

ल शाहविरुद्ध थुनछेक बहस जारी, तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा धरौटीको सम्भावना न्यून:बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ। पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए।

बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो। १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो। त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए।

बुधबार नै प्रतिवादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए।

बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस जारी छ । बुधबार बहस नसकाएका कानुन व्यवसायीले बिहीबार कार्यालय समय सुरु भएलगत्तै बहस सुरु गरेका थिए। हाल प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहेका अधिवक्ताको बहस भइरहेको भन्दै प्रतिवादीका तर्फबाट ९ जनाले वकालतनामा दिएको र थप कानुन व्यवसायी पनि समावेश हुने भन्ने सुनेकाले बिहीबार पनि थुनछेक बहस सकिने सम्भावना कम रहेको श्रेष्तेदार कुँवरले बताए।

उनले भने, ‘अहिले (१२ः१५) प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहनुभएकाले बहस गरिरहनुभएको छ। प्रतिवादीका तर्फबाट ९/१० जना कानुन व्यवसायीले बहस गर्ने भन्ने सुनेको छु । अझै केही कानुन व्यवसायी थपिने सम्भावना पनि छ।

त्यसकारण अब बहस लामो हुने र कानुन व्यवसायी पनि थपिने हो भने आजै आदेश आउने सम्भावना कम नै होला। अब बहस छिटो भयो र कानुन व्यवसायी थपिएनन् भने आजै आदेश आउन पनि सक्नेछ ।सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन्।

कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ। तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ।

शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्यादै कम छ। जिल्ला अदालतले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा माथिल्लो अदालतले थुनामुक्त गर्न आदेश नदिएसम्म उनले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ