आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ३०औ दिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरिदिए यस्तो घोषणा, सबै स्तब्ध

प्रकाशित
1.6K
SHARES

एजेन्सी। रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्।

रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्।निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्।

आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्।

देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।”मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्। उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए।

रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे।

आक्रमण जारी: ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।

पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुन: आफ्नो कब्जामा लिएको बताएका छन्।भूउपग्रहले खिचेका तस्बिरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको अनि आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ।

उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्त्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ। रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ।

त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्। उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो।तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन।

युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ। महासभामा रुसको भिटो लाग्दैन।बीबीसीका एकजना संवाददाता भन्छन्, रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ।

सैबीच, यूके सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीवार गर्दैछन्।

ब्रसल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ।सअघि यूकेले करिब ४,००० क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।

ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।

बाइडन ब्रसल्समा: नेटोको आपत्कालीन बैठक तथा जी सेभेन शिखर वार्ताका निम्ति अमेरिकी राष्ट्रपति जो बाइडन ब्रसल्स पुगेका छन्।नेटोको बैठकले पूर्वी युरोपमा थप फौज परिचालनमा सहमति जनाउने ठानिएको छ।

जी सेभेन बैठकले चाहिँ पछिल्ला सातामा रुसविरुद्ध घोषणा गरिएका व्यापक आर्थिक प्रतिबन्धहरूको कार्यान्वयनबारे समन्वय गर्नेछ।ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी राजनीतिज्ञ, सत्तानिकट व्यापारी तथा संस्थामाथि थप कारबाही गरिने पनि बताए।

शुक्रवार राष्ट्रपति बाइडन पोल्यान्ड भ्रमणमा जानेछन्। रुसले र रसाइनिक र जैविक हतियार हाने चेतावनी दिसकेको बस्थामा अमेरिकी राष्ट्रपति सहित नेटो शिर्ष नेताहरुले कस्तो निर्णय गर्लान भाने सर्बत्र चासोको बिषय बनेको छ।

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि युक्रेनलाई नेटोको सदस्य नबनाउने विषयमा सम्झौता गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । जेलेन्स्कीले बल्ल छाती ठूलो बनाएको टिप्पणी भइरहेको समाचारहरुमा उल्लेख गरिएको छ ।

यो सबैका लागि मान्य विषय हो । नेटोका विषयमा हामीलाई के गर्ने भनी पश्चिमलाई थाहा छैन । युक्रेन सुरक्षा प्रत्याभूति चाहन्छ । रुस नेटोको थप विस्तार नहोस् भन्छ,’ जेलेन्स्कीले बताए । आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुराकानीका लागि तयार भएको जेलेन्स्कीले बताए ।

यता राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न अनुरोध गरेका छन् । गुटेरेसले युक्रेनमा जारी युद्ध नजित्ने भन्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् । ‘यो युद्ध जित्न सकिँदैन’, गुटेरेसले भने, ‘ढिलो–चाँडो यो युद्ध रणभूमिबाट शान्तिको टेबलमा पुग्ने छ । यो अपरिहार्य छ ।

महासचिव गुटेरेसले युद्धरत पक्षलाई तत्काल वार्तामा बस्न पनि अपिल गरेका छन् । युक्रेन युद्ध मूर्खतापूर्ण भएको पनि उनको भनाइ थियो । मंगलबार न्युयोर्कमा पत्रकारसँग बोल्दै उनले भने, युक्रेनमा युद्ध जारी राख्नु नैतिक रुपमा अस्वीकार्य, राजनीतिक रुपमा औचित्यहीन र सैनिक रुपमा मूर्खतापूर्ण छ ।’मूर्खतापूर्ण यो युद्ध अन्त्य गर्ने समय आएको छ’, गुटेरेसले थपे।

युद्धका कारण एक करोड युक्रेनीले आफ्नो घर छोड्न बाध्य भएको पनि गुटेरेसले बताए । युद्धको असर विश्वभर देखिने पनि उनको चेतावनी थियो । खाद्यान्न, इन्धन र रासायनिक मलको बढ्दो मूल्य वृद्धिले विश्वभर भोकमरीको जोखिम उत्पन्न हुन सक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ