आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा

प्रकाशित
237
SHARES

काठमाडौं। नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो।

जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन। यस्तो अवस्थामा काज सरुवा गरेको हो। आवश्यक अनुसार काज खटाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि खटाइएको क्षेत्रमा काम गर्न भनिएको छ।

काज सरुवा गरिएकामध्ये १० जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ। डीएसपी प्रमुख हुने १० जिल्लाको इन्चार्ज फेरिएका हुन्।जसमा म्याग्दी प्रहरी प्रमुखको जिम्मेवारी तिलक भारतीले पाएका छन्।

त्यस्तै पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, मनाङमा प्रेमसागर केसीलाई काज खटाइएको छ।त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोतीलाई काज सरुवा गरिएको हो।

हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौलालाई समेत काज सरुवा गरिएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरुवा बढुवालाई तीव्रता दिइएको छ।

निर्वाचन आयोगले केही दिनमा निर्वाचन आचारसंहिता लागू गर्दैछ। त्यस अगावै सरकार सुरक्षा निकायका अधिकारी तथा प्रशासन संयन्त्रमा ठूलो मात्रामा फेरबल गर्दै छ।

तेस्तै, गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै उनले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका हुन्।

मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको पनि बताए। नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको पनि धारणा राखे।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि बताए।

लामो समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकारले पनि ध्यान दिइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ