आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटियो, १३२ यात्रु बारे आयो दुखद: खबर

प्रकाशित
677
SHARES

काठमाडौ। चीनमा गत सोमबार दुर्घटनाग्रस्त बनेको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ। १३२ यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो।

बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए।

उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका हुन्। विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।

घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्।ब्ल्याक बक्समा ककपिटमा भएका संवाद र अन्य विमानका डेटाहरु हुन्छन्।

यो भेटिएसँगै विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुनेछ। यसैहप्ताको सोमबार चीनमा बोइङ ७३७–८०० मोडलको यात्रुवाहक विमान दुर्घटनाग्रस्त बन्यो। विमानमा सवार सबै १३२ जनाले ज्यान गुमाए।

चाइना इस्टर्न एअरलाइन्सको उक्त विमान कुनमिङको चांगसुई अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्झाउको लागि उडेको थियो। तर बिमान बिचमै ग्वाङसीको एउटा पहाडमा खसेर दुर्घटनाग्रस्त बन्यो।

हालसम्म प्राप्त जानकारीअनुसार विमान आकाशबाट सिधै २० हजार फिट तल पहाडमा बजारिएको थियो। चीनको नागरिक उड्डयन प्रशासनका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ।

प्रशासनका निर्देशक चु ताओका अनुसार विमान पूर्ण रुपमा नष्ट भएको छ र लाशहरु छरपस्ट भएको देखिएको थियो। उनी भन्छन्,‘पहाडी क्षेत्रमा दुर्घटना भएकाले दुर्घटनाको कारण पत्ता लगाउन गाह्रो भइरहेको छ। हामी दुईवटा ब्ल्याक बक्स खोजिरहेका छौं।’

खबरअनुसार दुर्घटनाग्रस्त क्षेत्रमा हप्ताभर पानी पर्ने मौसम विभागले जनाएको छ। पहिरो जाने त्रासका कारण पनि अनुसन्धान प्रभावित भइरहेको छ। ककपिट र विमानको डेटाबारे जानकारी दिने दुई ब्ल्याक बक्स पत्ता लागेपछि मात्र दुर्घटनाको मुख्य कारण पत्ता लाग्नेछ।

चीनको आकाश विमानका लागि सुरक्षित मानिन्छन्। सन् २०१० पछि पहिलोपटक चीनमा विमान दुर्घटनामा परेको हो। यसअघि सन् १९९४ मा चाइना नर्थवेस्ट एअरलाइन्सको विमान दुर्घटनामा पर्दा त्यसमा सवार १६० को मृत्यु भएको थियो।

त्यो घटनापछि पहिलोपटक चीनमा यतिबेला ठूलो दुर्घटना भएको हो। अमेरिकी विमान निर्माता कम्पनी बोइङको विमान श्रृंखलावद्ध रुपमा दुर्घटनामा परेको पाइएको छ।

पछिल्लो समय बोइङको ७३७ म्याक्स विमान लगातार दुर्घटनामा पर्दा सयौंले ज्यान गुमाएका थिए।गएको १२ वर्षको अवधिमा बोइङका विमानहरु दुर्घटनामा पर्दा हजारभन्दा बढीले ज्यान गुमाएको तथ्यांक छ।

बोइङ विमान दुर्घटनाका श्रृंखला : १. सन् २०१०, जनवरी २५ः इथोपियन एअरलाइन्सको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्दा ९८ जनाको मृत्यु भएको थियो।

२. सन् २०१०, मे २२ः एअर इन्डिया एक्सप्रेस एअरलाइन्सको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्दा १६४ जनाको मृत्यु भएको थियो

३. सन् २०१०, अगष्ट १६ एरिज फ्लाइट एअरलाइन्सको बोइङ ७३७–७०० विमान दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको थियो।

४. सन् २०१६, मार्च १९ः फ्लाइदुबाई एअरलाइन्सको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्दा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो।

५. सन् २०१८, अप्रिल १७ः साउथवेस्ट एअरलाइन्सको ७३७–७०० मोडलको विमान दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको थियो

६. सन् २०१८, सेप्टेम्बर २८ः एअर निउगिनी एअरको ७३७–८०० विमान दुर्घटनामा पर्दा एकको मृत्यु भएको थियो।

७. सन् २०१८, अक्टोबर २९ः लायन एअरलाइन्सको बोइङ ७३७ म्याक्स विमान उडेको १३ मिनेटमा दुर्घटनाग्रस्त बनेको थियो। विमानमा सवार सबै १८९ जनाले ज्यान गुमाएका थिए।

८. सन् २०१९, मार्च १०ः इथोपियन एअरलाइन्सको बोइङ ७३७ म्याक्स विमान नै उडेको ६ मिनेटमा दुर्घटनामा परेको थियो। त्यसबेला पनि विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो।

९. सन् २०२०, जनवरी ८ः युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्दा १७६ जनाको मृत्यु भएको थियो।

१०. सन् २०२०, फेब्रुअरी ५ः पेगासस एअरलाइन्सको बोइङ ७३७–८०० विमान दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको थियो भने १७९ घाइते भएका थिए।

११. सन् २०२० अगष्ट ७ः एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा पर्दा दुई पाइलटसहित २० जनाको मृत्यु भएको थियो। भारी वर्षाका कारण विमान अवतरण हुन नसकेपछि दुर्घटना भएको थियो।

१२. सन् २०२२, मार्च २१ अर्थात् यसैहप्ताको सोमबार चीनमा चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान दुर्घटनामा पर्दा सबै १३२ जनाको मृत्यु भएको छ।

यसरी १२ वर्षको अवधिमा बोइङ विमानको दुर्घटनामा परेर एक हजार पाँच जनाले ज्यान गुमाएका छन्। (एभियसन सेफ्टी डट नेट र अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा सविन राईले तयार पारेको रिपोर्ट।

प्रतिक्रिया

आजको ट्रेन्डिङ