आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली प्रधानमन्त्री हुँदा भएको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्‍याउनु पर्छः गुरुङ

प्रकाशित
377
SHARES

काठमाडौँ। केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्‍याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन्।

घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन्। स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको सरकारले गरेको भष्ट्रचार,

योजना अनियमितता कर्मचारी सरुवा बढुवामा भएको बेथिति गर्दै आएको छ। ओली सरकार हुँदा जनतालाई झुक्याएको नेकपा सरकारले गरेको गलत कामहरुलाई जनताको घर घरमा पुर्याउनु पर्छ ’उनले भनिन्।

निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तेह्रथुमले आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ। तेह्रथुम जिल्लाको ५ वटा स्थानीय तह गत निर्वाचनमा वाम गठबन्धनले जितेपछि सुशासनमा जित्न नसकेको नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी सुब्बाले बताए।

नेकपाले जितेका पालिकाहरुमा चरम भष्ट्रचार भएको र चुनावमुखी कार्यक्रमहरु ल्याउँदै जनताको आँखामा छारो हाल्दै आएको सुब्बाले बताए ।कार्यक्रममा कांग्रेस जिल्ला सभापती अर्जुन तुम्बाहाम्फे, पूर्व जिल्ला सभापति गोबिन्द ढुङगाना,

महासमिति सदस्य टेकराज तिगेला, छथर सभापति रामचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए।नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया,

स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन्।

बैठक भोलिसम्म जारी रहने छ। यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो। प्रमुख विपक्षी दल नेकपा एमालेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ।

घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ।

एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ।

तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन। जबकि अबको ३० औं दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ। ३० वैशाखमा मतदान हुनेछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ