आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानीमा हमला गर्ने धम्कि, सुरक्षा व्यवस्था कडा पारियो

प्रकाशित
3.5K
SHARES

काठमाडौ। राजधानीमा एकाएक हमला गर्न्र धम्कि प्राप्त भएको छ। सुरक्षा निकायहरु हाइअलर्टमा रखिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएको छ। तहरीक-ए-तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो।

धम्की प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो।

दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो। इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो।

यो  खबरले नेपालमा सुरक्षा समेत टाउको दुखाइ बनेको छ।  सिमा नाका भएकोले नेपालमा सुरक्षा निकायहरुलाई गोप्य सर्कुलेसन जारि गरिएको छ। संकशपद गतिबिधि नगर्न भनिएको छ, सिमानमा सुरक्षा बलले चेकजाच कडा  परेका छन।

काठमाडौँको सुरक्षा समर हाईअलर्टमा छ। सिआईबि ले सिबिलमा निगरानी गरिरहेका छन्।  हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो। सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो।

दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो। दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास गरिरहेको छ। तेस्तै, भारतको पश्चिम बंगालमा एकैदिन १० जनाको हत्या भएको छ।

सोमबार साँझ बिरभूम जिल्लाको रामपुरहाट क्षेत्रमा अज्ञात व्यक्तिहरुले तृणमूल काँग्रेस पार्टीका चर्चित एक नेतासहित बोक्तइ गाउँका उपप्रधान भादु शेखको हत्या गरेपछि उनका समर्थकले हुलदंगा गरेका थिए।

समर्थकले आक्रमणमा संलग्न भएको आशंकामा केही मानिसका घरहरुमा आगजनी गर्दै कुटपिट गर्दा अन्य ८ जनाको मृत्यु भएको बताइएको छ। खबरअनुसार हालसम्म १० जनाको शव बरामद भएको छ भने धेरै घरमा आगो पनि लगाइएको पाइएको छ।

यो घटनामा केन्द्रिय गृहमन्त्रीले अनुसन्धानको गर्न आदेश जारि गरिसकेका छ। प्रहरीले सत्य- तथ्य अनुसन्धान गरि पर्दाफास गर्ने जनाएको भारतीय संचारमाध्यमहरुले जानाएका छन्।

भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ।

भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ । राज्य सभा र लोकसभा सदस्यहरुले सोमबारको बैठकमा हंगामा गरेपछि बीचमै बैठक स्थगित गर्नुपरेको थियो ।

रुसबाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले त अब सन् २०२३ मा कांग्रेस सत्तामा फर्किने भविष्यवाणी नै गरेका छन्।

भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ ।

हरेक १५-१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ। नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५-५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो।

यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो।

यद्यपि अहिले १४० डलर प्रतिब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रतिब्यारेल कायम छ ।नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ।

रुस-युक्रेन युद्धपछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन। तेस्तै, भारतीय राज्य उत्तराखन्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्।चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन्।

मार्चको दोस्रो साता सार्वजनिक भएको विधान सभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन्।

भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन्।

पुस्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन्। उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ, रक्षामन्त्री राजनाथ सिंहले भने। आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए।

उनले बुधबार २३ मार्चमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ।

धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरु इच्छुक रहेका छन्। ७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो। विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो।

कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ