आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ विमान दुर्घटनामा पर्नेहरूको खोजी तीव्र, सबै बोइङ ७३७ विमान ‘निगरानीमा’

प्रकाशित
0.9K
SHARES

एजेन्सी। दक्षिणी चीनमा दुर्घटनामा परेको विमानका यात्रु र चालकदलका सदस्यको खोजीमा उद्धारकर्ताहरू जुटिरहँदा उनीहरूका परिवार सूचनाको व्यग्र प्रतीक्षामा नजिकैको विमानस्थलमा जम्मा भएर बसेका छन्।

चीनमा विमान दुर्घटनाग्रस्त भएपछि बोइङ ७३७ मोडलका विमानहरूलाई भारतले पनि उच्च निगरानीमा राखेको अधिकारीहरूले बताएका छन्।चालकदलका सदस्यसहित १३२ जना सवार चाइना ईस्टर्नको उडान नम्बर एमयू ५७३५को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनाले चीनभरि मानिसहरू शोकमग्न छन्। राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न आदेश दिएका छन्। दुर्घटनामा परेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको भन्दै उद्धारकर्ताहरू चिन्तित देखिएका छन्।

तर मङ्गलवार अबेरसम्म कति जना हताहत भए भन्ने विवरण सार्वजनिक भएको छैन। घटनास्थलमा सयौँको सङ्ख्यामा उद्धारकर्ताहरू परिचालन भएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले विकट पहाडी भूभागबाट विमानका भग्नावशेषहरू सङ्कलन भइरहेको र अझै खोजी जारी रहेको उल्लेख गरेका छन्। खोजीमा जुटेकाहरूले मानिसहरूका झोला, पर्स र परिचयपत्रका अवशेषहरू सङ्कलन गरेका छन्।

घटनास्थलबाट प्राप्त विवरणहरूअनुसार विमान दुर्घटना भएको ठाउँमा जङ्गलमा आगो लागेका कारण जलेका रूखहरू स्पष्ट देखिन्छन्। यसैबीच विमानमा सवार मानिसहरूका परिवार र साथीहरू ग्वाङ्जाऊ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्।

कुन्मिङबाट उडेको चाइना ईस्टर्न एअरलाइन्सको उक्त विमान सोमवार अपराह्ण उक्त विमानस्थलमा आइपुग्नुअघि दुर्घटनामा परेको थियो।अधिकारीहरूले विमानमा सवार यात्रु र चालकदलका सदस्यहरूको अझै पहिचान गर्न सकेका छैनन्।

ग्वाङ्जाऊमा एउटा अन्तिम संस्कारमा सहभागी हुन आउन लागेका जनाको समूह पनि सोही विमानमा चढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै एक महिलाले दुर्घटनामा परेको उक्त समूहमा आफ्नी बहिनी र नजिकका साथी रहेको बताएकी छन्।उनले आफूले पनि त्यही विमानमा टिकट लिए पनि पछि परिवर्तन गरेर त्यसअघिको उडानमा आएको बताएकी छन्।

मलाई खल्लो महसुस भएको छ, उनले जियमिन न्यूजसँग भनेकी छिन्।ग्वाङ्जाऊ विमानस्थलमा चिन्तित परिवारहरू प्रतीक्षारत रहेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।

चीनको विमान दुर्घटनापछि भारतको वायुसेवा नियामक निकायले बोइङ ७३७ मोडलका सबै विमानहरूलाई “उच्च निगरानीमा” राखेको जनाएको छ। उसले उडान प्रक्रिया र सञ्चालन लगायतका विषयहरूको निगरानीका लागि टोलीहरू पठाएको जनाएको छ।

उडान सुरक्षा एउटा गम्भीर विषय हो र हामी परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेका छौँ,” भारतको नागरिक उड्डयन सङ्घका महानिर्देशक अरुण कुमारले भने।तत्कालका लागि हामीले बोइङ ७३७ का जहाजहरूलाई उच्च निगरानीमा राखेका छौँ।”

बीबीसीले अमेरिका, युरोप र चीनका नियामकहरूलाई पनि प्रतिक्रियाका लागि अनुरोध गरेको थियो।अमेरिकी विमान निर्माता बोइङले अनुसन्धानलाई सहयोग गरिरहेको र अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डसँग सम्पर्कमा रहेको जनाएको छ।

विश्वभरि बोइङ ७३७-८०० मोडलका ४,२०८ वटा यात्रुवाहक विमान सञ्चालनमा रहेको उड्डयन विश्लेषक संस्था सिरियमले जनाएको छ। तीमध्ये एकचौथाइभन्दा बढी विमानहरू चीनमा रहेको बताइन्छ।

विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्।एउटा पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले “नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने” चेतावनी दिएका छन्।

यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन्।

फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ,” बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ।सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ।

उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी ज्यानुअरी ५ अगाडि दिने बताएको छ।

नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागु गर्ने कार्यक्रम ज्यानुअरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरू लागु गर्ने बताएका थिए।उड्डयन उद्योगले भने ती उपायहरू पर्याप्त नभएको बताएका छन् भने बोइङ र एअरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन्।

गत साता यूनाइटेड एअरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए।

अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ।

ढिला गर्नु घातक हुन्छ। लागु गर्न एक वर्ष ढिला गर्दा हाम्रो देश महामारीबाट पुनर्जागृत भइरहेको अवस्थामा आर्थिक वृद्धिबाट ५० अर्ब अमेरिकी डलर घट्छ, सीटीआईएका प्रमुख कार्यकारी मेरिडिथ एट्वेल बेकरले गत महिना एउटा ब्लगमा लेखिकी छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ