आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पेप्सीकोलामा घट्यो अनौठो घटना, एमालेमा खैलाबैला

प्रकाशित
1.1K
SHARES

काठमाडौं। नेकपा एमालेकी चर्चित सांसदलाई झड्का लागेको खबर बाहिरिएको छ। सांसद नविना लामाका बुवालाई प्रहरीले हतकडी लगाएको हो। नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको हो।

एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो। लामा एमाले सांसद नविना लामाका बुवा हुन्।

तीन साताअघि नै प्रहरीले लामालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्तपुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो। परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मुक्त हुनेबित्तिकै लामालाई पक्राउ गरी पुनस् महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।

दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि बम तथा विस्फोटक पदार्थको कसुरमा अनुसन्धान गरिएको र अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गर्ने तयारी गरिरहेको बुझिएको छ।

पेप्सीकोलामा बम फेला परेपछि नेपाल प्रहरीको विशेष ब्युरोसमेतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा लामा जोडिएपछि अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको थियो।

‘हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।

लामा पहिले विप्लव माओवादीमा केन्द्रीय सल्लाहकार थिए। अहिले उनी कुन हैसियतमा छन् भन्ने यकिन हुन सकेको छैन। लामालाई बम राख्ने, धम्क्याउँदै चन्दा संकलन गर्ने गरेको आरोप पहिलेदेखि नै थियो। पार्टी नीतिविपरीत काम गरेको आरोप पनि लामालाई छ।

तेस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानिय चुनावको तयारीमा जोडतोडका साथ लागेको छ। उसले उम्मेदवार देखि चुनावी प्रचारप्रसारमा व्यापक रुपमा आफ्नो उपस्थिती जनाइरहेको हो।

एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यसअघि चैत १ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने विधि तय गरेकोमा पोलिटब्युरो बैठकले त्यसलाई हेरफेर गर्दै वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पास गरेको हो।

त्यसरी गरिएको सिफारिसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख गुरुङले बताए। त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ।

यसअघि पालिका प्रमुख उपप्रमुख पालिकाको सिफारिसमा जिल्ला कमिटीले गर्ने बताएको एमालेले अव भने प्रदेशले गर्ने भएको छ। महानगरपालिका र उपमहानगरपालिका मेयर तथा उपमेयरको निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने यसअघिकै निर्णय सदर भएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन्।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताए। अहिले नै हामीले निर्णय गरिसकेका छैनौं। तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ। उनले भने।

पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उनले बताए। केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनु पर्‍यो भन्नुभएको छ, उनले भने, यसमा हामी निर्णय गरेर वामएकता गरेर तालमेल गर्रौ, चुनावी तालमेल गरौं भने जाँदैनौं।

हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौँ। स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ति शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ