आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेन खरानी हुने निश्चित भएपछि अन्तत: अमेरिकाले गरिदियो यस्तो खुलासा

प्रकाशित
2.6K
SHARES

एजेन्सी। अमेरिका-युक्रेन युद्धमा नयाँ खुलासा भएको छ। रुसले नयाँ हतियार प्रयोग गरिपछि विश्वभर त्रास उतपन्न भएको छ। अमेरिकाले अब युक्रेन खरानी हुने निश्चित जस्तै भएको छ।

युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै “हामी सबै सतर्क हुनुपर्छ” समेत भनेको छ।

रुसले यस्तो हाईपरसोनिक मिसाईल प्रहर गरेको छ कि नत राडरको सम्पर्कमा आउछ नत् अब आकाशमै खसाल्न सकिने छ। नयाँ उपकरण र प्रविधिसहित मिसाईलहरु हान्न थालेको छ। अब युक्रेन खरनी बन्ने निश्चित छ।  अमेरिकी पछिल्लो रिपोर्टिंगमा भनिएको छ।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको “स्पष्ट चाल” भएको पनि बताएकी छन्। उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू “निकै चिन्तित” रहेको बताएका छन्।

विशेषगरी रुसले गैर-परम्परागत अर्थात् ‘नन्-कन्भेन्सनल’ अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ।त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ,

तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ। “हामीलाई चिन्तित बनाउने उपयुक्त कारण छ,” एक पश्चिमी अधिकारीले भने।

रुसी फौजको नियन्त्रणमा रहेको मारिओपोलका केही भूभागमा पहिलो पटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन्।रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ।

कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएका छन्।जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए।

त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, “गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।”

हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको छ।रुसी अतिक्रमणअघि मारिओपोलमा साढे चार लाख मानिसको घर थियो। अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा पानीको अभावमा बाँच्न बाध्य भएका छन्।

अधिकारीहरूका अनुसार हमलाका कारण शहरका ८० प्रतिशत घर या त ध्वस्त भएका छन् या त क्षतिग्रस्त भएका छन्।आक्रमण जारी रहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका निम्ति पुनः अपील गरेका छन्।

तर त्यस्तो वार्ताले पनि सुरक्षा ग्यारेन्टी तथा संवैधानिक परिवर्तनजस्ता दीर्घकालीन विषयमा सहमति हुन नसक्ने उनले बताएका छन्।ती विषयमा भएका निर्णय युक्रेनी जनताबीच जनमत सङ्ग्रहका निम्ति प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे।

तेस्तै,यसैहप्ताको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८ सय मिलियन अमेरिकी डलर अर्थात् ९६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सैन्य सहायताको प्याकेज घोषणा गरेका छन्।

सो प्याकेजमा अमेरिकी हतियारहरु युक्रेनलाई सहयोग गरिने उल्लेख छ। रुसले तीन हप्तायता युक्रेनमा आक्रमण गरिरहेको छ। अमेरिकाले रुसी आक्रमणको विरोध गर्दै क्रेमलिनमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गर्दै युक्रेनलाई ह’तियार सहयोग गरिरहेको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकाले ८ सयवटा लडाकुविमान खसाउने प्रणाली युक्रेनलाई दिनेछ। यस्तै ९ हजार वटा काँधमा राखेर हान्न सकिने क्षेप्यास्त्र प्रणाली पनि युक्रेनले अमेरिकाबाट पाउनेछ। यो हतियारले ट्यांक ध्वस्त बनाउन सहयोग पुग्नेछ।

साथै ७ हजार साना हतियार पनि अमेरिकाले रुसलाई दिनेछ। जसमा बन्दुकहरु, ग्रिनेड लन्चर, ड्रोन तथा २ करोड गोली समावेश हुनेछन्। बीबीसीका अनुसार अमेरिकाले २५ हजार सेट सैन्य भेस्ट र हेल्मेट पनि युक्रेनको सेनालाई दिनेछ।

यी हतियारले युक्रेनी सेनालाई रुसविरुद्ध लड्न सहयोग पुग्ने अमेरिकी विश्वास छ। युक्रेनले प्राप्त गर्न लागेको ८ सय लडाकु विमानविरुद्धको स्टिन्जर ह’तियार त्यो प्रणाली हो जसलाई अफगानिस्तानमा सोभियतकालिन विमानहरु खसाउन अमेरिकाले प्रयोग गरेको थियो।

त्यस्तै अमेरिकाले सहयोग गर्ने ड्रोन त्यस्तो ड्रोन हो जसलाई तोकिएको स्थानमा ब’मको रुपमा प्रयोग गर्न सकिन्छ। यो ड्रोन वास्तवमा उड्ने ब’म हो। अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई सोभियतकालिन क्षेप्यास्त्र एस–३०० तेस्रो देश हुँदै सहयोग गर्नसक्ने पनि संकेत गरेको छ।

तर औपचारिक घोषणा भने भइसकेको छैन। आज शुक्रबार मात्र रुसका ४५० ट्यांक, ९३ युद्धक विमान, ११२ हेलिकप्टर र ४३ एन्टी–एअरक्राफ्ट प्रणाली ध्वस्त बनाएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकी हतियारकै कारण रुसी अस्त्र ध्वस्त गर्न युक्रेन सफल भएको बताइन्छ।

मन्त्रालयले आजसम्म आफ्नो जवाफी कारवाहीमा १४ हजार २ सय रुसी सेनाको ज्यान गएको पनि दाबी गरेको छ। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष सहयोग गरिरहँदा सेना भने त्यहाँ नपठाउने स्पष्ट पारिसकेको छ।

उता चीनले रुस र युक्रेन कसैको पक्षमा आफू नभएको जनाइसकेको छ। वार्तामार्फत् नै विवाद समाधान गर्नुपर्छ भन्ने पक्षमा चीन उभिएको छ। अमेरिका र चीनले रुस–युक्रेन द्वन्द्वमा कसैलाई सहयोग नगर्ने सम्झौता गर्नुपर्ने चीनको अडान छ। तर अमेरिकाले चीनले रुसको विरोध गर्नुपर्छ भनिरहेको छ।

त्यस्तै युक्रेनमाथि रुसको हमलाको आज २२ औँ दिन हो । रुस लगातार युक्रेनको शहरमाथि हवाई हमला गरिरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई एक अर्ब डलरको हतियार दिने जानकारी दिएका छन् । जो बाइडेनलाई पुटिनबारे प्रश्न सोध्दा उनले पुटिन युद्ध अपराधी भएको बताए ।

यस्तै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन्।

वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ।

रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने जनाएको छ।

उसले भनेको छ, “यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो।” रुसले “मैत्रीपूर्ण व्यवहार नगर्ने” देशमाथि लगाइएको प्रतिबन्ध “अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्य”का साथ लगाइएको बताएको छ।

रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ। पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।

त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन्। रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्।

रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ।

प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन्। त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पनि समावेश छन्।

रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो।

रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक रूपमा लगानी रोकिरहेका छन्। बुधवार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ।

बिहिवार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, रुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा… विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ।

विदेशी कम्पनीहरूले के बुझ्नुपर्छ भने उनीहरूलाई हाम्रो बजारमा फर्कन गाह्रो हुनेछ।” उनले विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा “आतङ्क” सिर्जना गरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ