आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका-युक्रेनका लागि आयो अर्को दुखद: खबर, सबै स्तब्ध

प्रकाशित
1.6K
SHARES

काठमाडौं। एकाएक अमेरिका-युक्रेनका लागि एकाबिहानै आयो दुखद: खबर आएको छ। कारण बन्यो रुसले हानेको हाईपरसोनिक मिसाइलमा नया प्रबिधि सहित नयाँ उपकरण जडान अब यो प्रबिधि भएको मिसाइल हान्दा राडरले समेत नभेट्ने गरि विकसित गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक मिसाइलहरूमा पहिला थाहा नभएको छद्म साधन जडान गरिएको र त्यसका कारण मिसाइललाई बीचमै रोक्न नसकिने भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर-एम बलिस्टिस्क मिसाइलमा जडित एक फुट लामो त्यस्तो साधनमा रेडिओ सङ्केत उत्पन्न गराउने विशेष उपकरण हुने गरेको र यसमा बक प्रणाली समेत्  सामेल गरिएको छ।

त्यसका कारण प्रहार गरिएको मिसाइल रेडारले पत्ता लगाउन नसक्ने विवरण प्रकाशित गरेको छ। त्यसबाहेक आइरहेका मिसाइललाई आफूतिर आकर्षित गर्न प्रत्येक साधनमा तापको एउटा स्रोत पनि हुन्छ।

ती अमेरिकी अधिकारीहरूका अनुसार सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको छ।सामाजिक सञ्जालमा अस्त्रविज्ञहरूले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्बिरहरू प्रेषित गरेका छन्।

फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी सेनाले ९०० वटा मिसाइल प्रहार गरिसकेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले सोमवार संवाददाताहरूलाई बताएका थिए।

तेस्तै, रुस–युक्रेन युद्धमा नक्कली राष्ट्रपतिको प्रयोग भएको पाइएको छ । ट्वीटरमा हालै रुसी राष्ट्रपतिको एउटा भिडियो पोस्ट गरिएको छ जसमा उनले युद्ध समाप्त गर्ने घोषणा गरिरहेका छन् ।

यसैबीच युट्युब र मेटाले पनि यसै हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको एउटा भिडियो हटाएको छ जसमा उनले रुससमक्ष आत्मसमर्पण गर्ने बताइरहेका छन् । विशेषज्ञको हवाला दिँदै बीबीसीले यी दुवै भिडियो ‘डीपफेक’ अर्थात नक्कली भएको बताएको छ ।

युद्धमा दुवै पक्षले प्रभावित पार्ने खालका मिडिया कन्टेन्ट प्रयोग गरिरहेका छन् । तर, यस्ता भिडियोले के दर्शाउँछन् र मानिसहरुले यी भिडियो सामग्रीलाई विश्वास गरिरहेका छन् वा छैनन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भिडियो धेरै विश्वसनीय थिएन र युक्रेनका धेरै मानिसहरुले यसलाई मजाकमा लिए। यो भिडियोमा युक्रेनी राष्ट्रपति एक पोडियमपछाडिबाट बोलिरहेका छन् ।उनी युक्रेनीहरुसँग आत्मसमर्पण गर्न भनिरहेका छन्।

भिडियोमा उनको टाउको शरीरको तुलनामा अधिक ठूलो र धमिलो देखिएको छ । उनको आवाज पनि अधिक गहिरो सुनिएको छ। आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरिएको अर्को भिडियोमा जेलेन्स्कीले यसलाई केटाकेटी हर्कत भनेका छन्।

युक्रेनको सेन्टर फर स्टटेजिक कम्युनिकेसनले रुसको सरकारले यस्तै डीपफेक भिडियो प्रयोग गरेर युक्रेनी जनतालाई आत्मसमर्पण गर्न उक्साउन सक्ने चेतावनी दिएको छ। युट्युबले पनि भ्रामक भिडियो सम्बन्धी आफ्नो नीति अनुसार यो भिडियो हटाएको बताएको छ।

मेटाका सुरक्षा नीति प्रमुख नथालियन ग्लाइसरले ट्वीटरमा कैयौं सिलसिलेवार ट्वीट गरेर आफूले तत्काल डीपफेक भिडियोको समीक्षा गरेको र भ्रामक मिडियाका विषयमा कम्पनीको नीति अनुसार त्यसलाई हटाएको बताएका छन्।

युट्युबले पनि भ्रामक भिडियो सम्बन्धी आफ्नो नीति अनुसार यो भिडियो हटाएको बताएको छ ।

 

तेस्तै, पाकिस्तानी सेनाको सियालकोट सैन्य बेसमा एकपछि अर्को गरी कैयौं विष्फोट भएका छन्। अहिलेसम्म यसबाट भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। स्थानीय मिडियाका अनुसार विष्फोटको आवाज कैयौं किलोमिटर टाढासम्म सुनिएको थियो।

पाकिस्तानी अखबार डेली मिलापका सम्पादक रिशी सूरीले ट्वीट गरेर सियालकोटको मिलिट्री बेसमा कैयौं पटक विष्फोट भएको बताएका छन्। सुरुवाती जाँचमा यो एक हतियार भण्डारण स्थल भएको खुलासा भएको छ।

अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन।स्थानीयले घटनामा अहिलेसम्म कसैको ज्यान नगएको बताएका छन्। पाकिस्तानी सेनाले यी विष्फोटबारे कुनै बयान जारी गरेको छैन।

उत्तरी पाकिस्तानको सियालकोटमा पाकिस्तानी सेनाको ठूलो बेस छ। सियालको केन्ट एरिया पाकिस्तानको सबैभन्दा पुरानो र सबैभन्दा जरुरी केन्ट एरिया हो। यसको स्थापना १८५२ मा तत्कालीन बेलायती भारतीय सेनाले गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ