आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले ‘नाे’ भनेपछि रन्थनिएर काेटेश्वर पुगे प्रचण्ड

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी तालमेल गर्ने सम्बन्धमा ठोस निर्णय गर्न दवाव दिएका छन् ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनले छिटाे निर्माण गर्नुपर्ने भन्दै प्रचण्डले देउवालाई दवाव दिएका हुन् ।देउवाले अहिले पख्नुहाेस भन्ने जवाफ फर्काएका छन् ।

देउवाले ठाेस निणर्य नदिएपछि प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीमा जुटेका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुमा सोमबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूलाई बिहान सोमबार प्रचण्डले टेलिफोन गरेर चुनावी गठबन्धनबारे तयारी थाल्न आग्रह गरेको बताएका हुन्।

कार्यकर्तालाई जस्तै आफूहरुलाई पनि गठबन्धनको चिन्ता रहेको उनले बताए। उनले भने, ‘कांग्रेसमा गठबन्धनलाई लिएर स्पष्ट दुई धार रहेको अवस्थामा प्रचण्डजीले तयारी थाल्न आग्रह गर्नुभएको हो।’

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ।

अध्यक्ष नेपालले भने, ‘गठबन्धनका सम्बन्धमा कुराकानी भइरहेको छ। शेरबहादुरजीले मलाई यसबारे आज छलफल गरौँ पनि भन्नु भएको छ। रामचन्द्रजी पनि मिलेर जानुपर्ने पक्षमा हुनुहुन्छ।’

‘प्रचण्डजीको प्रस्तावको अर्थ सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने होइन। कांग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौँ भन्ने हो’, उनले भने।

देउवाले गठबन्धनको विपक्षमा रहेका पार्टीका नेताहरुलाई विगत हेरेर अघि बढ्न आग्रह गरिरहेको पनि उनले बताए। देउवाले विभिन्न समयमा आफूले माधव नेपाल लगाएको गुण नबिर्सने पनि बताउने गरेको नेता नेपालले उल्लेख गरेका छन्।

यस्तै अध्यक्ष नेपालले देशभर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन्। आफू देशका विभिन्न स्थानमा जाँदा पार्टीप्रति लहर देखेको बताएका उनले कार्यकर्तालाई संगठन विस्तार र बलियो बनाउन लागिपर्न आग्रह गरेका छन्।

पार्टी बलियो भएको अवस्थामा मात्रै अरुले सम्मान गर्ने भएकाले त्यसतर्फ लाग्न नेता नेपालले कार्यकर्तालाई आग्रह गरेका हुन्।यसैबीच राष्ट्रिय जनमोर्चा गठबन्धनमा फर्किने पनि उनले बताएका छन्।

जनमोर्चा सांसद दुर्गा पौडेलले आफूलाई टेलिफोन गरेर आफूहरु गठबन्धनमा फर्किन चाहेको बताएको र त्यसबारे छलफल भएको बताए।एमसीसी सदनबाट पारित भएपछि जनमोर्चाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो।

तर उसले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थिएन। चुनावी तालमेलको क्रममा जनमोर्चा पनि गठबन्धनमा आउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो आज बारम्बार दोहोर्‍याउने बिषय कटवाल प्रकरण र गठबन्धन भएको छ। चुनावी अभियानको क्रममा देश दौडाहामा रहेका प्रचण्ड जहाँ पुग्दा पनि कटवाल प्रकरणको बिषय दोहोर्याउँदै आएका छन्।

माओवादी कमजोर हुनु कटवाल प्रकरणकै उपज भएको उनको भनाइ छ। त्यही कमजोर भएकै कारण गठबन्धनको अपरिहार्यता बढेको आशय उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

गत हप्ता धनगडीको एक कार्यक्रममा उनले कटवाल प्रकरणको स्मरण गर्दै एमसीसीको बिपक्षमा उभिएको भए संघीय सरकार र प्रदेशबाट बाहिरिएर पार्टीलाई कटवाल प्रकरण जस्तै अपुरणीय क्षति हुने अबस्थाबाट पार लगाएको दाबी गरे।

आफू अर्को कटवाल प्रकरणको पुनरावृत्ति गर्ने पक्षमा नरहेको दावा गरे। उक्त प्रकरणमा उक्साएको भन्दै आफ्नै पार्टीका पूर्व नेताहरु रामबहादुर थापा बादल र बाबुराम भट्टराई प्रति तुष पोखे।

बादल र बाबुराम दायाँ–बायाँ भएर आफूलाई कटवाल प्रकरणमा उक्साएको उनको आरोप थियो। आइतबार पुनःगण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कटवाल प्रकरणकै कारण माओवादी १४(१५ टुक्रामा बिभाजित भएको बताउँदै अब त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।

माओवादी नेताहरु कटवाल प्रकरण एक बचकना निर्णय भएको तर सोही प्रकरणका कारण माओवादी बिभाजित र कमजोर भएको भने सत्य नभएको बताउँछन्। कटवाल प्रकरणबाटै सरकारको नेतृत्व गरेको माओवादी नौ महिनामै सरकारबाट बाहिरिनु परेको थियो।

खासमा के थियो कटवाल प्रकरण ? २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संबिधान सभाको निर्वाचनमा माओवादी प्रत्यक्ष तर्फ १२० सिट जितेर पहिलो शक्तिको रुपमा आएको थियो। जनयुद्धबाट शान्ति प्रक्रिया आएसँगै उसमा अपेक्षा बिपरितको परिणामको उन्माद थियो। प्रचण्ड बाबुरामहरु खुलामञ्चबाट कांग्रेस एमालेलाई अब बीसौं बर्षसम्म सरकारमा आउने सपना नदेखे हुन्छ भन्ने सम्मका अभिब्यक्ति दिने गर्दथे।

तर मिश्रित निर्वाचन प्रणालीले माओवादी ठूलो दल बने पनि एकल बहुमतको सरकार बन्ने अबस्था रहेन। फलस्वरुप एमाले र मधशी जनअधिकार फोरमको साथ लिएर २०६५ मा प्रचण्ड नेतृत्वको संयुक्त सरकार बन्यो। एकातिर क्यान्टोनमेन्टमा हतियारले सुसज्जित जनमुक्ति सेना अर्कोतिर आफ्नै नेतृत्वको सरकारले माओवादीलाई सत्ता कब्जा गरेकै अनुभूत हुन थाल्यो।

नेपाली सेनाको तत्कालीन प्रधान सेनापति रुक्मांगत कटवाल थिए। उनी माओवादी बिरोधीको रुपमा चिनिन्थे। छुट्टै पृष्ठभूमीबाट आएको माओवादी र कटवालको संबन्धमा दरार बढ्यो। माओवादीहरुकै शब्दमा जनयुद्ध बिरोधी र सेना समायोजनको बिरोधीको रुपमा कटवाललाई चित्रित गरियो। यसैक्रममा रक्षामन्त्री रामबहादुर थापा बादलसँग केही रथीको बढुवा सम्बन्धी टकराव उत्पन्न भयो।

आफ्नो सरकार भएको उपयुक्त अवसर ठानी माओवादीले सेनापति कटवाललाई हटाउने निर्णय गर्‍याे। तर सरकारमा सहभागी दल एमाले र तत्कालीन राष्ट्रपति रामबरण यादवले उक्त प्रसतावको सर्मथन नगरी ब्याक भएपछि माओवादीको निर्णय आफ्नै निम्ति प्रत्युत्पादक बन्यो र सरकार छोड्नु पर्यो। यसले माओवादी पंक्तिलाई गम्भीर धक्का लाग्यो। नौ महिनामै माओवादी सरकार छोडेर बाहिरिन पुग्यो।

कसरी बन्यो कटवाललाई कारबाही गर्ने योजना ?तत्कालीन माओवादी सरकारले केही आठ जना सैनिक अधिकृतको म्याद थप नगरेपछि सेना र तत्कालीन सरकारबीच दूरी बढेको थियो। तत्कालीन मुख्य सचिव भोजराज घिमिरेलाई प्रचण्डले आठ जना सैनिक अधिकृतको बढुवा दिएर निर्देशन दिएका थिए। तर बढुवा प्रक्रिया नरोकिएपछि तत्कालीन प्रचण्ड क्रुद्ध बनेका थिए।

तत्कालीन रक्षा सचिव प्रतापकुमार पाठक र मुख्यसचिव घिमिरेले कार्यकारी प्रमुखको निर्देशन अबज्ञा गरेको प्रचण्डलाई असह्य भयो र त्यसैको कारण कटवाल प्रकरण जन्मेको माओवादीलाई नजिकबाट नियालेका नेता किराती बताउँछन्।

यो घटना लगत्तै २०६५ बैशाख ६ गते सरकारमा सहभागी दलका शिर्ष नेताको बैठक बसी कटवाललाई कारबाही गर्ने योजना बनाइयो। र यो योजनामा तत्कालीन एमाले नेतृत्व र फोरमको समेत साथ रहेको किराती बताउँछन्।

कारबाही प्रक्रिया अगाडि बढाउने र कटवालाई १५ दिने समयसिमा भित्र जवाफ दिने गरी सरकारको तर्फबाट स्पष्टीकरण सोधियो तर बैशाख २० गते समयसिमा तोकिएको अवधीमा कुनै जवाफ नदिएपछि कारबाही गरी अर्का रथी कुलबहादुर खड्कालाई कार्यबाहक प्रधानसेनापति बनाउने निणर्य गरियो।

तत्कालीन परमाधिपति रहेका राष्ट्रपति रामवरण यादव समक्ष स्वीकृतिको लागि निर्णय पठाइयोे तर राष्ट्रपति यादवले सरकारको सिफारिस अस्वीकृत गरेपछि माओवादी बिदेशी प्रभुको सामु नझुक्ने भन्दै सरकारबाट बाहिरिनु परेको किरातीको कथन छ।

किरातीले यो घटना माओवादीको राजनैतिक र प्रशासनिक अपरिपक्वताले सिर्जित भएको बताउँछन्। आजैको मितिदेखि बर्खास्त गर्ने ब्यहारोको कारबाही पत्र लेखियो तर त्यो अमुर्त भयो त्यसमा समय किटान गरिएन।

कटवाल बिदा भएर हिडिँसके पनि समयको स्पष्ट किटान नभएकाले कानुनी सल्लाह बमोजिम उनलाई चलखेल गर्ने पर्याप्त अबसर मिल्यो, यहाँनेर प्राविधिक कमजोरी भयो, किराती भन्छन्, उनको अनिवार्य अवकासको समय नजिकिइसकेको थियो। उनी केही महिना पछि स्वत सेवाबाट निवृत्त हुन्थ,े चलाउनु आबश्यक थिएन।

क्याबिनेट मन्त्री गोपाल किरातीका अनुसार प्रचण्ड नेतृत्वको एमाले फोरम सहितको संयुक्त सरकारले ६ बैशाख २०६५मा बैठक बसी सेनापति कटवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेर १५ दिन भित्र जवाफ दिन अल्टिमेटम दिइएको थियो। उनका अनुसार त्यतिबेला साथ दिने बाचा गरेको एमाले नेतृत्व कारबाही गर्ने निर्णय गर्ने समयमा ब्याक भएपछि माओवादी सरकार छोड्ने निस्कर्षमा पुगेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ