आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिमानस्थलमा आक्रमण, सेनाको जहाज मर्मत गर्ने ह्याङ्गर सहित ३० टन हतियार ध्वस्त

प्रकाशित
1.3K
SHARES

एजेन्सी। रुसले दोस्रोपटक पनि युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आइतबार रुसी आकाशबाट ध्वनीभन्दा १० गुणा तिव्र मिसाइल युक्रेनमा हानेको बताएका हुन्।

रुसले दोस्रोपटक युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनि सेनाको प्रयोग गर्ने विमानस्थल ध्वस्त भएको छ। भण्डार गरिएका हतियार ३० टन केहि फाइटर जहाज उक्त विमानस्थलमा रहेका युक्रेनि सेनाहरुको मृतु भएको छ।

उनका अनुसार ब्ल्याक सिबाट हानिएको कालिबर क्रुज हाइपरसोनिक क्षेप्यास्त्र निजयान प्लान्टमा खसेको थियो। सो प्लान्टमा युक्रेनी सेनाको युद्धका क्रममा बिग्रिएको सवारी मर्मत गरिन्छ।

२ हजार किलोमिटर परसम्म मार हान्नसक्ने उक्त क्षेप्यास्त्रले जियान प्लान्ट ध्वस्त भएको बताइएको छ।यसअघि गत शनिबार पनि रुसले युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

सो क्षेप्यास्त्रले युक्रेनका हतियार भण्डारहरु ध्वस्त बनेको बताइएको थियो।हाइपरसोनिक क्षेप्यास्त्र परमाणु क्षमताका हुन्छन्। यो विश्वमा भर्खरै विकासित हुँदै गरेको हतियार हो।

रुसले युक्रेनमा यस्ता क्षेप्यास्त्र हानेर आफ्नो हतियार परीक्षण पनि गरिरहेको विश्लेषक बताउँछन्।रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।

बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ ।

रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन्।

रुस–युक्रेनबीच २८ दिनयता जारी द्वन्द्वका बीच तेस्रो विश्व युद्ध हुन लागेको हो त? भन्ने प्रश्नहरु आम मानिसमा उब्जिएका छन्।यसैक्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि हाल रुस र युक्रेनबीच द्वन्द्व रोक्ने गरी जारी रहेको वार्ता विफल भएको खण्डमा ‘तेस्रो विश्वयुद्ध’ निम्तनसक्ने बताएका छन्।

सीएनएन टेलिभिजनसँग आइतबार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको बताउँदै वार्ता विफल भए तेस्रो विश्वयुद्ध हुनसक्ने बताएका हुन्।

जारी लडाइँ अन्त्य गर्ने उपाय वार्ता नै भएकाले वार्ताबाटै हल खोजिनुपर्ने उनको भनाइ छ। तर उनले तेस्रो विश्वयुद्ध कसरी हुनसक्छ स्पष्ट पारेनन्।

सो क्रममा उनले रुसद्वारा समर्थन प्राप्त पृथक्तावादीको पकडमा रहेका डोनेट्स्क र लुहान्स्कलाई युक्रेनले स्वतन्त्र राज्य घोषणा गर्नुपर्ने रुसी मागको विरुद्धमा आफू उभिएको प्रस्ट बताए।

यसको अर्थ रुस र युक्रेनबीचको द्वन्द्व अझै लामो समय चल्नसक्छ। रुसको मुख्य चार माग छ। ती मागहरु पुरा भएको खण्डमा युक्रेनमा युद्ध रोक्ने क्रेमलिनको भनाइ छ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार युक्रेनले तत्काल रुसी सेनाविरुद्ध आक्रमण बन्द गर्नुपर्छ, संविधानमा बदलाव ल्याउनुपर्छ, तटस्थता स्थापना गर्नुपर्छ, क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्छ र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनुपर्छ।

युक्रेनको संविधानमै युक्रेन नेटो गठबन्धनमा संलग्न हुनेछ भनेर उल्लेख गरिएको छ। यो संविधानमा बदलाव ल्याएर युक्रेनले तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने रुसको प्रमुख सर्त हो।सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो।

सो क्षेत्रलाई पनि युक्रेनले रुसी क्षेत्र मान्नुपर्ने रुसको सर्त छ।यस्तै गत महिना रुसले युक्रेन सरकारको विरुद्धमा रहेका दुई पूर्वी युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको घोषणा गरेको थियो। यी दुई राज्यलाई पनि युक्रेनले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुसी भनाइ हो।

अन्य सबै सर्तमा युक्रेन सकरात्मक भएता पनि लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्न युक्रेन तयार छैन।आइतबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुनः नेटोमा आवद्ध हुने इच्छा पनि दोहोर्याए। यद्यपी उनले नेटो सदस्य हुने सपना भने देख्न छाडिसकेका छन्।

‘उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य भएको भए युद्ध शुरू हुने नै थिएन’ उनी भन्छन्,‘नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्‍यो। किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्।

अमेरिकाले बारम्बार दोहोर्याउँदै युक्रेनमा अमेरिकी सेना अथवा नेटोका सेना नजाने दोहोर्याइसकेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार यदी अमेरिकी सेनाहरु युक्रेनी भूमिमा गएको खण्डमा तेस्रो विश्वयुद्ध सुरुवात हुन्छ। अमेरिकाले तेस्रो विश्वयुद्ध आफूले नचाहेको प्रस्ट रुपमा भनेको छ।

यद्यपी अमेरिकाले करोडौं डलरका हतियारहरु युक्रेनलाई पठाउने घोषणा गरिसकेको छ। यसबीचमा आज सोमबारसम्म युक्रेनमा रुसले दुईपटक हाइपरसोनिक हतियारको प्रयोग गरिसकेको छ।

यो हतियार ध्वनीको गतिभन्दा पनि छिटो लक्षित क्षेत्रमा पुग्नसक्छ।रुसले विदेशी सेना युक्रेनमा गएको खण्डमा परमाणु हतियार प्रयोग गर्ने संकेत पनि दिइसकेको छ। यदी परमाणु हतियार प्रयोग भयो भने विश्वमा ठूलै संकट उत्पन्न हुने निश्चित छ।

पूर्व अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल मार्क हर्टलिङले रुस र युक्रेनबीचको विवाद क्षेत्रीय द्वन्द्व मात्र भएको बताउँछन्। उनका अनुसार तेस्रो विश्वयुद्ध निम्त्याउन अमेरिका र नेटोका फौज युक्रेन जाँदैनन्।

तर यदी रुसी आक्रमण नेटोमा आवद्ध देशहरु तिर बढेभने चाहीँ अमेरिका लगायत उसका सहयोगी रुसविरुद्धको आक्रमणका उत्रनसक्छन्। जसले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्छ। एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ