आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कतार एयरवेजको विमान दुर्घटना, के छ अवस्था थप जानकारी सहित

प्रकाशित
1.4K
SHARES

दिल्ली। पाकिस्तानको आकाशमा पुगेपछि कतार एयरवेजको विमान दुर्घटनामा परेको छ। भारतमा उडेको यो ठुलो बिमान मानविय दुर्घटनाबाट बचेको छ। दिल्लीबाट दोहाको लागि उडेको क्यूआर५७९ विमानबाट धुँवा निस्कन थालेपछि विमानलाई आपतकालीन अवतरण गरिएको बीबीसीले जनाएको छ।

उडिरहेको विमानलाई कराँचीस्थित विमानस्थलमा अवतरण गरिएको कतार एयरवेजले जानकारी दिएको छ। समयमै विमान अवतरण भएकाले यात्रुहरु कसैलाई चोट नलागेको बताइएको छ।

कम्पनीले विमानमा देखिएको गडबडीपछि माफी माग्दै अनुसन्धान गरिरहेको छ। सो विमानमा सयभन्दा बढी यात्रु थिए। चीनमा १३२ जना सवार रहेको यात्रुवाहक विमान देशको दक्षिणी पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।

चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लाग्नुअघि कुन्मिङबाट उडेर ग्वान्जाओतर्फ जाँदै थियो। दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ।

तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन। चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ।

चिनियाँ विमानहरू राम्रो सुरक्षा प्रत्याभूति गर्नेमा गनिन्छन्। यसअघि चीनमा ठूलो हवाई दुर्घटना १२ वर्षअघि भएको थियो।चीनको सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् र दुर्घटनाका कारण जङ्गलमा लागेको आगो निभाएका छन्।

सामाजिक सञ्जालमा स्थानीय बासिन्दाले शेअर गरेको जस्तो देखिने भिडिओहरूमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका देखिन्छन्। दुर्घटना भएको ठाउँमा आगोको ज्वाला र धुवाँको मुस्लो देखिन्छ।

फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो।विमान कम्पनीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।स्थानीय सञ्चार माध्यमका अनुसार उसले सामाजिल सञ्जाल वेबोमा आफ्नो लोगो खरानी रङ्गको बनाएको छ। र वेबसाइट श्यामश्वेत बनाएको छ।

विमान वुझोउ प्रान्तनजिकै रहेको तेङ काउन्टी छेउमा झरेको देखिएको छ।ग्वाङ्शी प्रान्त ग्वान्जाओनजिकै छ।FlightRadar24 मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २:२२ बजे ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो।

तेस्तै, विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्।

एउटा पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले “नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने” चेतावनी दिएका छन्।

यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन्।

फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ, बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ। सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ।

उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी ज्यानुअरी ५ अगाडि दिने बताएको छ।

नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागु गर्ने कार्यक्रम ज्यानुअरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरू लागु गर्ने बताएका थिए।

उड्डयन उद्योगले भने ती उपायहरू पर्याप्त नभएको बताएका छन् भने बोइङ र एअरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन्।

गत साता यूनाइटेड एअरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए।

अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ।

ढिला गर्नु घातक हुन्छ। लागु गर्न एक वर्ष ढिला गर्दा हाम्रो देश महामारीबाट पुनर्जागृत भइरहेको अवस्थामा आर्थिक वृद्धिबाट ५० अर्ब अमेरिकी डलर घट्छ, सीटीआईएका प्रमुख कार्यकारी मेरिडिथ एट्वेल बेकरले गत महिना एउटा ब्लगमा लेखिकी छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ