आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस नेताहरुले सुन्नै नसकिनेगरी प्रहार गर्न थालेपछि माओवादी र नेकपा एस आफ्नो बाटो तताउदै

प्रकाशित
387
SHARES

काठमाडौं। स्थानीय चुनाव नजिकिएपछि दलहरूभित्र चुनावी तालमेलबारे बहस भइरहेका छन्। सत्तारूढ नेपाली कांग्रेसभित्र पनि शेखर कोइराला पक्ष चुनावी तालमेलको विपक्षमा छ। कोइराला पक्षबाट उम्मेदवार बनेर उपसभापति जितेका धनराज गुरूङ पनि चुनावी तालमेलका पक्षमा छैनन्।

कांग्रेस एक्लै चुनावमा होमिनुपर्नेमा छन्। अहिले पाँचदलीय गठबन्धनको सरकार छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाको सहकार्यमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्।

सरकार बनाउन गठबन्धन गरेको कांग्रेसले वैशाखमा हुने चुनावमा त्यो गठबन्धनलाई साथसाथै लैजान्छ कि एक्लै अघि बढ्छ भन्ने चासोसाथ हेरिएको छ। कांग्रेसले ’घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान फागुन २९ देखि जारी राखेको छ।

स्थानीय चुनाव केन्द्रित कांग्रेसको यो अभियानमा गठबन्धनबारे ’नबोल्न’ भनिएको छ। तर नेताहरूले विभिन्न मञ्चबाट फरकफरक अभिव्यक्ति दिइरहेका छन्। गठबन्धन गरेर जान नहुने र त्यसले अन्ततः कांग्रेसलाई क्षति पुग्ने उपसभापति गुरूङलगायतको धारणा छ।

यस्ता कुरा सुनेर सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतको चित्त दुखेको छ। प्रचण्ड र माधव नेपाल लगायत नेतृत्वको दल आसन्न चुनावका लागि विकल्प खोज्न थालेका छन्।

‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन्। प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन्।

प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन्। प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन्।

आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन्।

प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्यो हामी छलफल गरौं भन्नुभएको छ। कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डले भन्नुभएको छ, कार्यकर्तासँग नेपालले भनेका छन्।

उनले कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताए ।शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ। आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ नेपालले भने।

उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए । कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

तेस्तै, यतिबेला स्थानिय तहको चुनावका लागि दलहरु तालमेल देखि चुनावी प्रचारप्रसारका लागि अहोरात्र खटिन थालेका छन्। प्रमुख दलहरु एउटाबाट अर्कोमा नेताकार्यकर्ताहरु प्रवेश गर्नेको लहर नै चलेको हो।

यसैबीच बालकोटमा तनाव हुने खबर बाहिरिएको छ। नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य नै माधव कुमार नेपाल नेतृत्वको नेकपा एसमा हुईकिएका हुन्। नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन्। पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उनले बताए।

एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियो तर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे ।जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु’ काफ्लेले भने।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन्। एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरेका छन्। झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उनीविरुद्ध उभिने संकल्प गरेको छु, काफ्लेले भने।

यता पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले के भने ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्। आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ।

आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्तागठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको दाबी गरेका छन्।

आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्तागठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्र रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो। सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ।

उनले भने, हामीलाई रातो सूर्य देऊ न त। सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीको थियो। उनले यसपालि चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने बताएका छन्।

यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ, उनले भने, यसपल्ट मतपेटिका मत गनेर नसकिँदासम्म छोड्ने होइन। पहिले सुनसरी ३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ। उनले पार्टी प्रवेशको लहर नै चलेको बताए।

उनले केही मुद्दा सर्वोच्चमा रहे पनि एमालेले कुनै पनि दबाब नदिने बताए।हामी अहिलेको गठबन्धनले जस्तो अदालतलाई प्रहार गर्दैनौं, उनले भने, सर्वोच्च साँच्चिकै सम्मानित हुन सकोस्। यो स्वच्छ थलोका रूपमा आम जनताले सम्मान गर्न पाउन भन्ने चाहन्छौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ