आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सेनाको विमान कसले खसाल्यो ? यस्तो रहस्य बाहिरीए पछि विश्वभर तरङ्ग

प्रकाशित
3.3K
SHARES

एजेन्सी। अमेरिकी सेना सवार विमान उत्तरी नर्वेमा दुर्घटना नभइ  खसालेको आसंका गरिएको छ। यो कुरा  नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ तर घटना गुपचुप राख्न खोजिएको छ।

हाल घटनाको अनुसन्धान गरिरहेको भन्दै अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले तेस्तो संकेत गरेका छन्। यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो।

बिमान सम्पर्क बिहिन हुनु र रुसले हाईपरसोनीक मिसाइल प्रहर हुनु संयोग मात्र नभएर बिमान रुसको निसानामा खरानी भएको अन्तरराष्टिय संचारमाध्यम हरुले जनाएका छन।

अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको प्रवक्ताले बताए। तर बिमान नाम निसाना केहि भेटिएको छैन।  श्रोतले  भन्यो कति जना सैनिक सवार थिए त्यो पनि गुप् चुप रखिएको छ।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए। विमानमा सवार सबैको मृतु भएको नर्वेलि संचार मध्यमले जनाएक छन्।

तेस्तै, युक्रेनमा रुसले गरेको आक्रमणबीच अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको छ। तर चीनले भने अमेरिकासँग ताइवानको मुद्दाको विषयमा कुरा गर्न थालेको छ।

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको थियो। यस क्रममा जिनपिङले बाइडेनलाई ताइवान मुद्दामा कुनै पनि त्रुटिले चीन-अमेरिका सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। ताइवान आफ्नो एउटा प्रान्त हो, जुन एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ।

चीनले ताइवानलाई बल प्रयोग गरेर फिर्ता ल्याउन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा भएको बताएको छ।

बाइडेनसँगको कुराकानीमा जिनपिङले भने, अमेरिकाका केही व्यक्तिहरूले ताइवानको स्वतन्त्रता समर्थक शक्तिहरूलाई गलत संकेतहरू पठाइरहेका छन्, यो धेरै खतरनाक छ। यसले धेरै नराम्रो प्रभाव पार्नेछ।

यसै क्रममा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सी जिनपिङसँगको वार्ताका क्रममा बाइडेनले ताइवानका सम्बन्धमा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको उल्लेख छ।

युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको,

लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन्

कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ। यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ

लभिभ शहरका मेयर आन्द्रेई सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए। यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ।

गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो । हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ।

यता युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन्।

त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस्। मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ। नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन। यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ। नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ