आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले–माओवादी एकता अन्तिम चरणमा, चीन पुग्यो वार्ता टोली

प्रकाशित
1.2K
SHARES

काठमाडौ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच दोश्रो पटक पार्टी एकताको प्रयास भएको छ। उक्त प्रयास सफलतातीर गएको नेताहरुले बताएका छन्। केही बर्षअघि भएको पार्टी एकता विविध कारणले भाँडिएको थियो।

यो पटक बृहत कम्युनिस्ट केन्द्र बनाउनका लागि छिमेकी राष्ट्र चीनले दवाव दिएपछि एमाले–माओवादी एकताका लागि फेरी तयार भएका हुन्।त्यसका लागि नेकपा एमालेबाट वार्ता टोलीको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गरेका छन्

तेस्तै माओवादी केन्द्रको तर्फबाट नेता वर्षमान पुनले गरेका छन्। केही महिना अघि स्वास्थ्य उपचारपछि नेपाल फर्किएका पुनले चिनिया कम्युनिस्ट पार्टीको सन्देश एमाले नेताहरुलाई सुनाएका थिए।

साथै, नेपालका लागि चिनियाँ राजदूत हु यान्छीले पनि दुवै पार्टीका नेताहरुलाई भेटेर पार्टी एकता गर्न दवाव दिएकी थिइन्। थप छलफल गर्नका लागि एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन पुगेको छ।

हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन गएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।टोलीमा एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल रहेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ। उनीहरु सीपीसीको निमन्त्रणामा चीन गएका हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो। अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन्। पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो।

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास भएसँगै चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको छ। यही असन्तुष्टिलाई देखाउँदै चीनले फेरी पार्टी एकता गरेर बृहत कम्युनिस्ट केन्द्र बनाउन दवाव दिएको हो।

बुहत कम्युनिस्ट केन्द्र बन्दा एमसीसी खारेज गर्न सकिने चीनको विश्लेषण छ। तेस्तै,  गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी। स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित पाँच दलको गठबन्धन बनेको थियो। एमसीसी अनुमोदन गर्ने निर्णयसँगै यो टिमबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ।

आगामी चुनावसम्म चार दल मिलेर अघि बढ्लान् कि नबढ्लान् भन्नेमा अन्योल कायमै छ। सिंहदरबारको चाबी कांग्रेसलाई सुम्पेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ।

सहकार्य टुट्ने त्रासकै कारण उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न साथ दिए। तर, कांग्रेसले साथ लिएरै चुनावमा जानेमा ढुक्क देखिँदैनन्। ​भित्रीरूपमा काँग्रेस गठबन्धनको पक्षमा छैन।

तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन। देउवाले दाहाल र नेपाललाई ‘लतारेर’ एमसीसी अनुमोदनमा सहमत गराए। निर्वाचनमा त्यसरी नै लैजान चाहन्छन् देउवा। दाहाल र नेपाललाई एमालेसँग नजिक हुन नदिने रणनीति देउवाको छ।​

नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले सजाय पाउनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए

आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ।

कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ