आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरी मुख्यालयमा लफडा, सात डिआइजीहरुले चाले एकाएक यस्तो कदम

प्रकाशित
640
SHARES

काठमाडौं। आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको भन्दै प्रहरी मुख्यालयमा सात डिआइजीहरुले पुनरावलोकन समितिमा उजुरी दिएका छन्।

गृहमन्त्रालयले आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको भन्दै नेपाल प्रहरीका अन्यायमा डिआइजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका छन्।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवाका लागि तीन जना नायव महानिरीक्षक डीआईजीको नाम सिफारिस गरेपछि त्यसमा अन्याय भएको बताउँदै डिआइजीहरुले उजुरी दिएका हुन्।

उनीहरुले शुक्रबार गृहमन्त्रालयबाट निवेदन दिएर बढुवामा प्राप्त नम्बरहरु लिई आज पुनरावलोकन समिति समक्ष उजुरी दिएका हुन्। नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ।

डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल,देवबहादुर बोहोरा लगायतका प्रहरी अधिकारीहरुले उजुरी दिएको छन्। उनीहरुको वर्तमान आइजीपी शैलेश थापाका व्याचीहरु हुन्।

बढुवा समितिले उनीहरुलाई छाडेर पछिल्लो व्याचीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो। लोकसेवाको पुनरावलोकन समितिले न्याय नगरे अदालतसम्म जाने तयारी गरेका छन्।

विगतमा यादव अधिकारी, पर्शुराम खत्री लगायतका चार डिआइजीले एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो। अहिले पनि सो नजिर दोहोरिन सक्ने संभावना रहेकोछ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए।

दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो।

डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए। खासगरी आइजीपी शैलेश थापा क्षेत्रीले रविन्द्र धानुकलाई बढुवा गर्न नचाहेको तर सत्ता गठबन्धनमा रहेको माओवादीको दबाब थेग्न नसकेपछि धानुकलाई बढुवा सिफरिस गरिएको स्रोतले जनाएको छ।

उजुरी परेमा सिफरिसमा परेका डिआइजीहरुको बढुवा एक साता लम्बिनेछ। यदि अदालतमा गए यादव अधिकारी, पर्शुराम खत्रीको नजिर दोहोरिन सक्ने र बढुवाका लागि न्यायको ढोका ढक्ढक्याउने डिआइजीहरुले एआइजीको बढुवा हुने संभावना पनि रहेको स्रोतले जनाएको छ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवाका लागि तीन जना नायव महानिरीक्षक डीआईजीको नाम सिफारिस गरेपछि त्यसमा अन्याय भएको बताउँदै डिआइजीहरुले उजुरी दिएका हुन्।

उनीहरुले शुक्रबार गृहमन्त्रालयबाट निवेदन दिएर बढुवामा प्राप्त नम्बरहरु लिई आज पुनरावलोकन समिति समक्ष उजुरी दिएका हुन्। नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ।

डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल,देवबहादुर बोहोरा लगायतका प्रहरी अधिकारीहरुले उजुरी दिएको छन्। उनीहरुको वर्तमान आइजीपी शैलेश थापाका व्याचीहरु हुन्।

बढुवा समितिले उनीहरुलाई छाडेर पछिल्लो व्याचीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो। लोकसेवाको पुनरावलोकन समितिले न्याय नगरे अदालतसम्म जाने तयारी गरेका छन्।

विगतमा यादव अधिकारी, पर्शुराम खत्री लगायतका चार डिआइजीले एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो। अहिले पनि सो नजिर दोहोरिन सक्ने संभावना रहेकोछ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए।

दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो।

डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए। खासगरी आइजीपी शैलेश थापा क्षेत्रीले रविन्द्र धानुकलाई बढुवा गर्न नचाहेको तर सत्ता गठबन्धनमा रहेको माओवादीको दबाब थेग्न नसकेपछि धानुकलाई बढुवा सिफरिस गरिएको स्रोतले जनाएको छ।

उजुरी परेमा सिफरिसमा परेका डिआइजीहरुको बढुवा एक साता लम्बिनेछ। यदि अदालतमा गए यादव अधिकारी, पर्शुराम खत्रीको नजिर दोहोरिन सक्ने र बढुवाका लागि न्यायको ढोका ढक्ढक्याउने डिआइजीहरुले एआइजीको बढुवा हुने संभावना पनि रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ