आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा दिनदिनै गर्मी बढ्न थालेको भन्दै विज्ञहरुले दिए यस्तो चेतावनी, सबैले थाहा पाउनुपर्ने

प्रकाशित
1.5K
SHARES

काठमाडौ। नेपालमा पछिल्लो दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञले सुझाएका छन्। सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ।

जलवायु विज्ञ डा. उप्रेतीले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने भन्दै सजक रहन आग्रह गरे। उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए। नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उनले जोड दिए।

तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानी पर्ने हुँदा प्रदुषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनामा क्षति पुग्नसक्ने उनले बताए।

यो पिरियडमा हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्रीभन्दा माथिको अवस्थामा रहने हुँदा वातावरण पर्यावरण सुख्खा भइ आगलागी हुनसक्ने र कम पानी परेर प्रदुषणको मात्रा बढ्ने हुन्छ, उनले भने,

एकैचोटी ठूलो वेगको हावा चल्ने हुँदा छाना उडाउने र रूखहरू ढल्ने हुँदा चोटपटक लाग्नसक्ने सम्भावना रहेको हुन्छ। हिजोसम्मको अवस्थामा नेपालको ३९ वटा केन्द्रमा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको छ।

नवलपुरको एउटा केन्द्रमा ४० डिग्री रेकर्ड भएको अवस्था छ’, उनले भने।भारतको जुन अवस्था छ नेपालतिर त्यो सिफ्ट भइराखेको उनले बताए। ‘कुनै तापक्रम त आज पनि ४० डिग्री पुग्न सक्छ नि।

तर लगातार दुई दिन वा सोभन्दा बढी ४० डिग्री तापक्रम एकै ठाउँमा रह्यो भने त्यसलाई हिट वेव कन्डिसन भनिन्छ’, उनले भने, ‘४ दिनभन्दा बढी रह्यो भने यसलाई तातो अवस्था भनिन्छ। तर फेरि घट्छ।

हावाको चाप, हावाको प्रेशर कतातिर गइराखेको छ? त्यसले फरक पार्छ। तातो हावा कति माथि जान्छ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाइप्रेसर र लो प्रेसरको मिक्स्चर।

एकदमै सुख्खा हावा र एकदमै वाष्फिकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ। चलिरहन्छ । यसो हुँदा हावाहुरी चल्ने हुन्छ । यतिबेला हामी सचेत हुनुपर्ने उनले बताए।

जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ। ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठूलो क्षति त गर्दैन।

तर रूख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ, उनले भने। उनले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सूचना दिनु आवश्यक रहेको बताए।

तापक्रम वृद्धि भई अत्यधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उनले बताए।जलवायु विज्ञ डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ