आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काँग्रेस र एमालेका नेता कार्यकर्ताबीच ग्याङ फाइट- ५ जना घाइते, ११ पक्राउ

प्रकाशित
3.2K
SHARES

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच ग्याङ फाइट हुँदा पाँच जना घाइते भएका छन्। पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव समुह र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव समुहबीच झडप भएको हो।

काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो।

झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् ।

घाइते मध्ये टाउकोमा चोट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

रौतहटकै कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा ई राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

तर कसले गो’ली चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ ।

उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

माओवादभित्र खैलाबैला मच्चाएको गायक प्रकाश सपुतको ‘पिर’ गित युट्युबबाट हटाइएको छ । गायक सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् ।

अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।

उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् । उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ