आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले प्रधानमन्त्री देउवालाई सूर्यमा भोट हाल्नु पर्छ भनेपछि देउवा भए बोल्नु न बास्नु

प्रकाशित
653
SHARES

काठमाडौ। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन्।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरेका हुन्।

“शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उनलाई ४ हजार भत्ता के गर्न छँदै छ, त्यसकारण छन्। नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे, ओलीले भने, शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो।

तपाईं पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले देख्ने गरी । यस्तै उनले सत्ता गठबन्धनको कडा आलोचना गरे। ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र यो त अदालतले बनाइदिएको हो’, ओलीले भने, ‘

यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। यस्तै ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उनले भने, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने फुकाल्नुपर्दैन।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

ओलीकै घमन्डका कारण वामपन्थीहरुको दुईतिहाइनजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनुपरेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने जिकिर गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमन्ड गर्न नमिल्ने बताए ।

नेकपा एकीकृत समाजवादी का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको भन्दै जनताले त्यसको जवाफ आउँदो निर्वाचनमा दिने पनि बताए।

तेस्तै,अमेरिकी सहयोग परियोजना एमसीसीको सबैभन्दा ठूलो मूल्य सत्ता घटक दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुकाउनुपर्ने संकेत देखिन थालेका छन् ।

नेपाली कांग्रेसका चर्चित नेता देखि मन्त्रीहरुसम्मका अभिव्यक्ती सुन्दा आसन्न चुनावमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको स्थानको सम्भावित परिदृश्य देखिन थालेको हो।

सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मान्दै मानेनन्। जसका कारण सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस निकै अप्ठेरोमा प¥यो।

तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पासका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर नजिकिन थाले।

त्यही एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन’विरुद्ध बनाइएको गठबन्धन नै छिन्नभिन्न हुने खतरा देखिएपछि अन्ततः नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न राजी भए।

र, प्रतिनिधि सभाको बहुमतले व्याख्यात्मक घोषणाका साथमा एमसीसी पारित ग¥यो।तर एमसीसी विरोधीहरूले व्याख्यात्मक घोषणा केवल जनता ढाँट्ने खेल भएको टिप्पणी गरे। एमसीसीकै कारण नेकपा माओवादी केन्द्रमा ठूलो मतभेद भयो।

पार्टी फुट्छ कि भन्नेसम्मका चर्चा चले। तर पछि अध्यक्ष प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई फकाउन सफल भए र चुनाव अघिसम्म यो विषयमा छलफल नगर्ने सहमति भएको छ।

यहीबीच नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले भने व्याख्यात्मक घोषणा कुनै फरक कुरा नभएको, एमसीसी सम्झौताकै बुँदालाई नेपालीमा पनि लेखिएको बताएका छन्।

उनले बोलेको उक्त भिडिओ सामाजिक सञ्जालमा छाएको छ। जसलाई सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पनि रिट्विट गरेका छन्।

भिडिओमा गृहमन्त्री खाँण भनिरहेका छन्, ‘व्याख्यात्मक घोषणा भनेर दुइटा पन्ना त्याँ टाँस्देपछि उहाँहरू मान्नुभो। त्यो दुइटा पन्नामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्याँ।

एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इङ्लिसमा छ, व्याख्यात्मक घोषणा चाइने इङ्लिस र नेपालीमा छ, व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मान्दिनुभो, मान्दिनुभएकोमा धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद।

प्रतिक्रिया

आजको ट्रेन्डिङ