आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी चेतावनीपछि पुटिनले गरेको यस्तो घोषणाले विश्वभर उथलपुथल

प्रकाशित
1.8K
SHARES

एजेन्सी। रुसले विश्वको मै हुँ’ भन्ने ’सुपरपावर’लाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ। अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ।

सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, “अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ। यसले केही गर्न सक्तैन ।

रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ। २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, “अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो ।“

तर युक्रेनले आफू आफ्नो अस्तित्वका लागि लडिरहेको र पुटिनको ’आम नरसंहार’ दाबी वाहियात भएको बताएको छ । त्यसैगरी पश्चिमा जगतले रुसलाई तहसनहस पार्न खोजिएको भन्ने दाबी पनि काल्पनिक भएको जनाएको छ ।

रुसले अमेरिकाको नेतृत्वमा पश्चिम जगतले आफूमाथि लगाइएका भ्रष्ट र बेइमान प्रतिबन्धका बाबजुद राम्रो गर्ने सक्ने बताएको छ । साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ।

विगत केही सातामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्त्वपूर्ण निर्णयहरू लिए जसको प्रभाव युक्रेन र रुसमा मात्र नभई समस्त विश्वमा नै पर्न सक्छ। यी निर्णयहरू लिनुपूर्व उनले कोसँग परामर्श गरे? के केही विश्लेषकहरूले भने जस्तै मस्कोले देखाएको सैन्यवाद र आक्रामक बोली “सिलोभिकी“ भनिने मन्त्री र सुरक्षा निकायका प्रमुखहरूको शक्तिशाली प्रभावको नतिजा हो त?

रुसलाई एक शक्तिशाली राष्ट्रपतीय गणतन्त्रको रूपमा लिन सकिन्छ। किनकि राष्ट्रपति भ्लादिमिर पुटिनको हातमा अधिकांश शक्ति निहित छ र अन्ततः देश कसरी चलाउने भन्ने सबै महत्त्वपूर्ण निर्णयहरू उनले व्यक्तिगत रूपमै लिन्छन्।

शक्तिको यति फराकिलो दायरा हुँदाहुँदै पनि उनले आफ्ना केही निकटस्थहरूसँग भने परामर्श गर्छन्। विशेषतः त्यस्ता व्यक्तिहरू जोसँग उनको लामो सङ्गत छ र उनीहरू माथि अधिक विश्वास गर्छन्। तीमध्ये प्रायः सुरक्षा निकायको पृष्ठभूमि र बलियो धारणा भएका अधिकारीहरू पर्छन्।

रुसमा धेरै सुरक्षा र कानुन बनाउने निकायहरू छन् जसलाई “सिलोभिकी“ (रुसी भाषामा ’सिला’को अर्थ बल हुन्छ) भनिन्छ। भ्लादिमिर पुटिन आफैँले तीमध्येको ’केजीबी’ भनिने गुप्तचर निकायबाट आफ्नो पेसागत यात्रा सुरु गरेका थिए। केजीबी सोभियत पतनपछि रुसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) बन्यो। पुटिन सत्तामा आएदेखि “सिलोभिकी“ को प्रभाव बढ्दै गएको छ।

रुसको अधिकांश आन्तरिक तथा परराष्ट्रनीतिका महत्त्वपूर्ण निर्णयहरू प्रायः सुरक्षा परिषद्को बैठकमा हुने गर्छ। उक्त परिषद्मा शीर्ष “सिलोभिकी“ छन् जसअन्तर्गत एफएसबी र परराष्ट्र गुप्तचर निकायका प्रमुखहरू, आन्तरिक, परराष्ट्र तथा रक्षामन्त्रीहरू, साथै प्रधानमन्त्री र संसद्का दुवै सदनका सभामुख पर्छन्। रुसी सुरक्षा परिषद्मा कुल ३० सदस्य छन्।

सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभ, रुसी सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभ र रुसी परराष्ट्र गुप्तचर निकाय प्रमुख सर्गेई नारीस्किन सबैले भ्लादिमिर पुटिनलाई दशकौँदेखि चिन्छन्। उनीहरू सन् १९७० देखी लेनिनग्राद भनिने सेन्ट पिटर्सबर्गबाट पुटिनसँगै सेवामा प्रवेश गरेका थिए।

रक्षामन्त्री सर्गेई शोइगु र विदेशमन्त्री सर्गेई लाभ्रोफबाहेक अन्य पाँच व्यक्ति छन् जो भ्लादिमिर पुटिनसँग निकट छन्। यी पाँच व्यक्तिको विचारलाई परराष्ट्रनीति मामिलाका निर्णयमा पुटिनले उच्च मूल्याङ्कन गर्छन्।

निकोलाई पात्रुशेभ सुरक्षा परिषद्का सचिव हुन्, पुटिन प्रमुख हुन्। पात्रुशेभ राष्ट्रपतिको टोलीभित्र एक महत्त्वपूर्ण पात्र हुन्। उनको र भ्लादिमिर पुटिनको सङ्गत सन् १९७० बाट सुरु हुन्छ जति बेला उनीहरू दुवैले लेनिनग्रादस्थित केजीबीमा सँगै काम थालेका थिए।

’केजीबी’को उत्तराधिकारीको रूपमा आएको अर्को निकाय ’एफएसबी’को प्रमुखको रूपमा पुटिनको स्थानमा सन् १९९९ मा पात्रुशेभ आएका थिए। उनी सन् २००८ सम्म यो पदमा रहे। उनी पुटिनको सबैभन्दा निकटस्थमध्ये एक हुन् र सायद पुटिनमा सर्वाधिक प्रभाव जमाउन सक्ने बोली उनकै मानिन्छ।

तर सबैभन्दा नजिकको विश्वासपात्र र सल्लाहकार वास्तवमा रुसी रक्षामन्त्री सर्गेई शोइगु हुन् जसले रुसी सैन्य गुप्तचर निकाय ’जीआरयू’ समेत हेर्छन्।जीआरयूका चरहरूलाई सन् २०१८ मा ब्रिटेनमा भूतपूर्व रुसी एजेन्ट सेर्गेई स्क्राइपाल र सन् २०२० मा साइबेरियामा विपक्षी राजनीतिज्ञ एलेक्सी नाभाल्नीलाई विष दिएको आरोप लागेको थियो।

स्रोतका अनुसार सन् १९९० को दशकमा पुटिन र शोइगुबीचको सम्बन्ध चिसो थियो। तर २००० को दशकमा उनीहरूको फेरि कुरा मिल्यो र अन्ततः घनिष्ठता बढ्यो। उनीहरू नियमित रूपमा साइबेरियामा सँगै छुट्टी मनाउन जान्छन् जुन शोइगुको गृहनगर हो। एफएसबी प्रमुख अलेक्जान्डर बोर्तनिकोभले लेनिनग्रादस्थित केजीबीमा भ्लादिमिर पुटिनसँगै सेवा गरे।

उनी सन् २००८ मा पात्रुशेभलाई प्रतिस्थापन गर्दै एफएसबी प्रमुख बने। उनी दशकौँ अनुभव भएका काउन्टर इन्टेलिजन्श एजेन्ट हुन्। जानकारहरूका अनुसार रुसी राष्ट्रपतिले एफएसबीबाट प्राप्त गरेको गुप्त जानकारीहरू अन्य कुनै पनि स्रोतबाट आएको जानकारीभन्दा बढी विश्वास गर्छन्।

एफएसबीको कानुन बनाउने अन्य मन्त्रालयहरूमा पनि प्रभाव छ। जस्तैः आन्तरिक मन्त्रालय र अभियोजक जेनरलको कार्यालय। ब्रिटेनको विशेष हवाई सेवा (एसएएस) जस्तै एफएसबीको पनि आफ्नै विशेष हवाई सैन्य बल छ जसमा विशिष्ट अल्फा र भिम्पेल समूहहरू पर्छन्।

परराष्ट्र मामिलामन्त्री सर्गेई लाभ्रोफ हक्की र आक्रामक स्वभावका छन् र बोर्तनिकोभभन्दा विपरीत छन्। रुसका अनुभवी कूटनीतिज्ञमध्ये एक लाभ्रोफले सन् २००४ देखि लगभग दुई दशक परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका छन्।

लाभ्रोफले पुटिनसँग अध्ययन वा सुरक्षा सेवामा सँगै काम भने गरेनन्। यद्यपि रुसी राष्ट्रपतिले उनलाई धेरै आदर गर्ने बताइन्छ। समकालीन साथी र सङ्गतको साथ र सहयोगभन्दा पर आफ्नो व्यावसायिकता, कडा परिश्रम र लामो सेवा अवधिमा केही गल्ती नगरी उनले यो प्रतिष्ठा आर्जेका हुन्।

बोर्तनिकोभ र पात्रुशेभजस्तै, विदेशी गुप्तचर प्रमुख सर्गेई नारीस्किनले लेनिनग्रादमा भ्लादिमिर पुटिनसँगै सेवा गरे। गुप्तचर प्रमुख भए पनि उनी तुलनात्मक रूपमा एक सार्वजनिक अधिकारी हुन् जसले बीबीसीका स्टीभ रोजेनबर्गलगायत धेरै सञ्चारकर्मीलाई अन्तर्वार्ता दिएका छन्। नारीस्किनलाई व्यक्तिगत रूपमा चिन्नेहरू उनलाई पुटिनप्रति समर्पित र स्वभावगत तवरले आदेशहरूको अक्षरशः पालना गर्ने अधिकारीको रूपमा लिन्छन्।

सुरक्षासेवाको पृष्ठभूमि, तीक्ष्ण बुद्धि र व्यावसायिक अनुभवले उनलाई राष्ट्रपतिको भित्री वृत्तमा समाविष्ट हुन गर्न मद्दत पुगेको मानिन्छ। भ्लादिमिर पुटिन नारीस्किनको निकायले उपलब्ध गराउने खुफिया जानकारीहरूमा भर पर्ने गरेको विश्वास गरिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ