आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रास्ट्रपति पुटिनको आलोचना गर्ने मोडलको शव सुटकेशभित्र भेटियो

प्रकाशित
468
SHARES

एजेन्सी। रुसी मोडल ग्रेटा वेडलरको शव कारभित्र एक सुटकेटमा भेटिएको छ। २३ वर्षकी ग्रेटा करिब वर्ष दिनदेखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो। ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन्।

जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ मनोरोगी बताएकी थिइन्। उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ।

फक्स न्युजको रिपोर्टअनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए। यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन्। कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे।

कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए।

पैसाको विवादमा भएको थियो हत्याः दिमित्री कोरोविनले ग्रेटालाई पैसाको विवादमा मारेको बताएका छन्। कोरोविनले अनुसन्धान अधिकारीलाई दिएको जानकारी अनुसार उनी तीन रातसम्म एउटा होटलको कोठामा ग्रेटाको शवसँगै सुतेका थिए।

ग्रेटाको मृत्युको पछि कोरोविनले नै उनको सोसल मिडिया पेजमा अपडेट गर्ने गर्दथे। यसो गरेर उनी कतै गायब भएको वा ह’त्या भएको कसैले पनि शंका नगरोस् भन्ने कोरोविनले चाहना राखेका थिए।

अब ग्रेटाका पूर्व–प्रेमी कोरोविनले हत्याको कुरा स्वीकार गरेका छन्। उनले देखाएकै स्थानमा ग्रेटाको शव पनि भेटिएको छ। स्मरण रहोस्, युक्रेनसँग जारी युद्धका बीच रुसी मोडल ग्रेटाको शव भेटिँदा विभिन्न प्रकारको प्रश्न निम्तिएका छन्।

वास्तवमा, रुसी मोडलले एक वर्ष अघि राष्ट्रपति पुटिनको खुल्ला रुपमा आलोचना गरेकी थिइन्, त्यसको केही समय पछि उनी हराएकी थिइन्। यद्यपि, अब उनको शव भेटिएको छ र हत्याराले पनि आफ्नो अपराध स्वीकार गरिसकेका छन्।

पेन्टागनका प्रमुख लोयड अस्टिनले अमेरिका युक्रेन द्वन्द्रवमा संलग्न नहुने बताएका छन्। सीएनएनसँगको कुरानकारी क्रममा उनले सो कुरा बताएका हुन्। उनले भनेका छन्  संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्द्वमा प्रत्यक्ष संलग्न हुनेछ न उडान क्षेत्र बन्द गर्छ।

उनले थप भने, ठीक छ, राष्ट्रपतिको जो बाइडेने यस तथ्यको बारेमा स्पष्ट हुनुहुन्छ कि हामीसँग रुस र युक्रेनसँग लडाईमा संलग्न सेनाहरू हुनेछैनन्। उनले भने, ‘हामीले युक्रेन, बेलारुस र रुसमा पनि रूसी विमान र विमान प्रणालीहरू बाहिर निकाल्नुपर्छ।

यसको मतलब हामी रुससँग लडाइँमा छौं भन्ने होइन। अमेरिका र रुस दुई आणविक शक्ति सम्पन्न देशहरू हुन्। जुन कसैले हेर्न चाहँदैनन्। यो क्षेत्रको लागि राम्रो होइन। यो विश्वको लागि राम्रो होइन।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युत्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरुको भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले भने।

नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए।

उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौं, तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौं भन्ने पनि सुनेका छौं। प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने बताए।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ