आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुर्लुम्मै डुबे प्रचण्ड, देउवाकै थियो ग्राण्डडिजाइन भिडियो सहित

प्रकाशित
833
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुर्लुम्मै फसेका छन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ग्राण्डडिजाइनका कारण प्रचण्ड चुर्लुम्मै फसेका हुन्।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्नका लागि कांग्रेसले प्रचण्डलाई घुमाएको रहस्य बाहिरिएपछि प्रचण्ड फसेको खुलासा भएको हो। गठबन्धन फुट्ने डरले प्रचण्डले केही माध्ययम खोजिरहेको बेलामा कांग्रेसका दोश्रो तहका नेताहरुले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याएका थिए।

प्रस्ताव ल्याउने नेताहरु नै व्याख्यात्मक घोषणाले कानुनी मान्यता नपाउने बताउन थालेपछि प्रचण्ड नमजाले फसेका हुन्। उनीमात्र फसेनन् एमसीसी पास गराउन सहयोग गरेपछि देश पनि अमेरिकाको सामरिक महत्वभित्र फसेको छ।

सत्ता गठबन्धन दल एमसीसीमा सहमत देखिएता पनि हालसम्म सम्बन्ध बिश्वासमै मात्र अडिएको छ। एमसीसी माथिको ब्याख्यात्मक घोषणालाई लाजछोप्ने टालो मानेपनि आफू अडानमा बेचिएको प्रचण्डले संकेत गरिसकेका छन्।

प्रचण्ड अहिले कार्यकर्तालाई सरकारबाट बाहिरिने खतराले एमसीसी पास गराउन बाध्य भएको बताईरहेका छन्। एमसीसी पास गरिसकेपछि घुमाउरो अर्थमा प्रचण्डलाई झुक्काएको भन्दै कांग्रेस पनि यतिबेला खुल्लामञ्चै पोखिन थालेको छ।

गृहमन्त्री बालकृष्ण खाँडले भनेका छन्, ‘ब्याख्यात्मक घोषणासहितका भनेर २ ओटा पाना थप्देको उहाँहरु मानिहाल्नु भयो । त्यो थपिएको पानामा पनि एमसिसि सम्झौता भित्र जे लेखिएको त्यहि नै छ।

नेपाली कांग्रेसका नेताहरुले विभिन्न मन्चहरुमा यस्ताखालका अभिव्यक्ति दिन थालेपछि प्रचण्ड पनि झस्किएका छन्। उनले आफ्नो कार्यकर्तालाई भनेका छन्, ‘चुनाव आफ्नै शक्तिले लढ्ने हो। कसैको भोटले जितैला र खाउँला नसोचे हुन्छ।

कांग्रेसले धोका दिन्छ भन्ने उनलाई पहिलादेखि नै लागेको थियो। २०७४ सालको निर्वाचनमा पनि प्रचण्डले अग्रगामी छलाङ हान्दै नेकपा एमालेसँग चुनावि तालमेल गरेका थिए। यो पटक पनि प्रचण्डले त्यस्तै संकेत गरेका छन्।

तेस्तै, गृहमन्त्री बालकृष्ण खाँण बोलेको एउटा भिडियोले नेकपा माओवादी केन्द्रका भोट ह्वात्तै घट्ने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न मुख्य भुमिका खेल्ने दल माओवादी केन्द्रले ल्याएको व्याख्यात्मक टिप्पणीमाथि बारे आएको धारणले माओवाटीको भोट ह्वात्तै घट्ने भएको हो ।

नेपाली कांग्रेसका चर्चित नेता देखि मन्त्रीहरुसम्मका अभिव्यक्ती सुन्दा आसन्न चुनावमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको स्थानको सम्भावित परिदृश्य देखिन थालेका छन् ।

सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मान्दै मानेनन्। जसका कारण सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस निकै अप्ठेरोमा प¥यो।

तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पासका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर नजिकिन थाले।

त्यही एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन’विरुद्ध बनाइएको गठबन्धन नै छिन्नभिन्न हुने खतरा देखिएपछि अन्ततः नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न राजी भए। र, प्रतिनिधि सभाको बहुमतले व्याख्यात्मक घोषणाका साथमा एमसीसी पारित ग¥यो।

तर एमसीसी विरोधीहरूले व्याख्यात्मक घोषणा केवल जनता ढाँट्ने खेल भएको टिप्पणी गरे। एमसीसीकै कारण नेकपा माओवादी केन्द्रमा ठूलो मतभेद भयो। पार्टी फुट्छ कि भन्नेसम्मका चर्चा चले। तर पछि अध्यक्ष प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई फकाउन सफल भए र चुनाव अघिसम्म यो विषयमा छलफल नगर्ने सहमति भएको छ।

यहीबीच नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले भने व्याख्यात्मक घोषणा कुनै फरक कुरा नभएको, एमसीसी सम्झौताकै बुँदालाई नेपालीमा पनि लेखिएको बताएका छन्।

उनले बोलेको उक्त भिडिओ सामाजिक सञ्जालमा छाएको छ। जसलाई सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि रिट्विट गरेका छन्।

भिडिओमा गृहमन्त्री खाँण भनिरहेका छन्, ‘व्याख्यात्मक घोषणा भनेर दुइटा पन्ना त्याँ टाँस्देपछि उहाँहरू मान्नुभो। त्यो दुइटा पन्नामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्याँ।

एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इङ्लिसमा छ, व्याख्यात्मक घोषणा चाइने इङ्लिस र नेपालीमा छ, व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मान्दिनुभो, मान्दिनुभएकोमा धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ