आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सेनाको जहाज किन आयो एकाएक नेपाल ?

प्रकाशित
714
SHARES

काठमाडौँ। अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।

विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ। अमेरिकी सेना नेपाल आउँन थालेको भन्दै बिभिन्न आंकलन गरिएको छ

तर विमानस्थल स्रोले भने शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री मात्रै दावी गरेको छ।आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले भने,

‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।

अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।एमसीसी पास भएसंगै नेपालमा उक्त जहाज आउनु सोहि परियोजनासंग जोडिएको भन्दै चर्चा सुरु भएको छ ।

यता एमसीसी खारेजीको माग पनि बढेको छ तर सरकारले भने कार्यान्वयनको बाटोतर्फ सम्झौता अघि बढाउने तयारी थालेको छ । केहि साना कम्युनिष्ट पार्टीहरुको एमसीसी खारेज हुनुपर्ने बताउदै आएका छन् ।

भित्र सदन अवरुद्ध अनि बाहिर सडक तनावग्रस्तबीच गत फागुन राति ९ बजे संसद्बाट एमसीसी अनुमोदन भएको थियो । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जब मुलुकका लागि राष्ट्रघात छ भनेर हजारौं नेपाली जनता माइतीघर र नयाँ बानेश्वर क्षेत्र दिनहुँजसो विरोध जनाएर आन्दोलन गरिरहेका भे पनि आखिर सत्तारूढ दलहरूले एमसीसी अनुमोदन गराइछाडे ।

संसद्मा सरकारविरुद्ध चर्को नाराबाजीबीच एमसीसीको व्याख्यात्मक बहस चलिरहेको थियो । संसद्मा विभिन्न सांसदहरूले बोल्ने क्रममा कसैले एमसीसीको विषयमा आजसम्म पनि राम्ररी बुझेका छैनन् भने कसैले एमसीसी राष्ट्रघाती हो भनेका छन् त कसैले एमसीसी विकास परियोजनाको साझेदार हो, यो मुलुकका लागि हित छ भनेका थिए ।

फागुन ८ गते आइतबार बसेको संसदीय दलको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबुल गराएसँगै एमसीसी अनुमोदनका लागि फागुन १२ गते बिहीबार दिनको एक बजेका लागि बैठक राखेको थियो ।

आन्दोलित मोर्चाले सडक तनावग्रस्तै बनाए । शान्तिपूर्ण नाराबाजी भएको बिरोधमा आन्दोलनकारीले निषेधित घेरा तोडेर जाने बेला प्रहरीले लाठीचार्ज अर्थात् बल प्रयोग भएको थियो ।

आन्दोलनकारीलाई तितरबितर पारेसँगै आन्दोलनकारीहरूले सडकका पेटीको ब्लक निकालेर प्रहरीलाई हाने, इँटा–ढुङ्गाले हाने प्रहरीले पनि भाटा र केही अश्रुग्यास, पानीको फोहरा हानेको थियो भने आन्दोलन पक्ष र प्रहरी दुवै तर्फबाट दर्जनौं घाइते भएका थिए । त्यस दिन तनावग्रस्तै बन्यो बानेश्वर ।

फागुन १२ गते पनि उस्तै सुरक्षा कडा पारेको थियो । बिहान ११ बजेदेखि विभिन्न राजनीतिक दल एमसीसीविरुद्धमा उत्रेका अगुवाइहरूको विरोध जुलुसले बानेश्वर तातेको थियो, उता प्रहरीले सुरक्षा घेरा कडा बनाएको थियो ।

नभन्दै ८ गतेको जस्तै परिस्थिति फेरि फागुन १५ गते आइतबार दोहोरियो। प्रहरीले लाठीचार्ज, रबर गोलीदेखि अश्रुग्यास पानीको फोहरा हानेका थिए । भीड तितरबितर भयो, आन्दोलनकारीले प्रहरीलाई गुलेलीले समेत हिर्काए।

उता भने सत्तापक्षले एमसीसी पास गराउन संसद्मा फागुन १५ गते १ बजे बोलाएको बैठकमा दिनभरिजसो सांसदहरूको एमसीसीको व्याख्यात्मक अभिव्यक्ति पछिपछि सोही दिन अबेर राति तनावै तनावको बीच एमसीसी अनुमोदन संसद्बाट पारित भयो।

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।

अमेरिकी सेना नेपाल आउँन थालेको भन्दै बिभिन्न आंकलन गरिएको छ तर विमानस्थल स्रोले भने शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री मात्रै दावी गरेको छ।

‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो, विमानस्थलस्थित स्रोतले भन्यो, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’

विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ। ‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।

एमसीसी पास भएसंगै नेपालमा उक्त जहाज आउनु सोहि परियोजनासंग जोडिएको भन्दै चर्चा सुरु भएको छ। एमसीसी खारेजीको माग पनि बढेको छ तर सरकारले भने कार्यान्वयनको बाटोतर्फ सम्झौता अघि बढाउने तयारी थालेको छ । केहि साना कम्युनिष्ट पार्टीहरुको एमसीसी खारेज हुनुपर्ने बताउदै आएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ