आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसले गर्यो प्रचण्डमाथि आक्रमण, यस्तो रहस्य खुलेपछि सबै चकित

प्रकाशित
2.5K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन्। लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन्।

पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ। उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए।

नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ, प्रचण्डले भने, पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन्।

नत्र भने सिरहामा मारिने थिए। त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ। यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए।

माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो। यो अहिले पनि जारी छ, उनी भन्छन्। माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ।

उनले भने भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ। त्यो अहिले पनि जारी रहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले चुनावमा धाँधली हुन थाले कार्यकर्तालाई प्रतिकार गर्न निर्देशन दिएका छन्।

सोमबार धनगढीमा भएको राजनैतिक‐वैचारिक प्रशिक्षणमा बोल्दै चुनावमा अरूलाई ठोक्न निर्देशन दिए। प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने, चुनावमा धाँधली हुन थाले ठोक्नुस्, नठोक्नाले मलाई पनि माथि हेप्छन्, तँपाईहरुलाई पनि हेपिरहेका छन्।

गठबन्धन हुन्छ भन्ने कुरालाई दिमागबाट हटाएर चुनावको तयारी गर्न उनले आग्रह गरे। प्रचण्डले थपे, यो चुनाव सामान्य चुनाव होइन संविधान, सङ्घीयता, गणतन्त्र उल्टाउन खोज्ने देशी विदेशी शक्तिले माओवादीलाई सिद्ध्याउन खोजेका छन् चुनावमा पनि हामीलाई सिद्ध्याउन खोजिने छ।

उनले थपे त्यसैले जनताका बीचमा दुई महिना खटेर जीत हासिल गर्नुपर्ने बताए। प्रचण्डको भने, जनता, शहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गका बीचमा गएर आत्मसमीक्षा गर्नुस्, विगतमा गल्ती अब दोहोरिन्न दिन्नौ भन्नुस्।

त्यसले हामीलाई चुनाव जिताउने छ। उनले परिवर्तनको बाहक माओवादीलाई सिद्ध्याउन प्रयास जारी रहेकोले आगामी स्थानीय चुनाव आफ्नो पार्टीका लागि लडाइँ जस्तै भएको बताएका छन्।

अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिमका माओवादी नेताहरूलाई अपिल गरे। सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिलेमात्रै नपुगेकोले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको उनले बताए।

प्रचण्ड’ले माओवादीले एमसीसी पारित गर्‍यो भनी पार्टी छाड्ने नेता तथा कार्यकर्ताहरू पहिल्यै विचलित र भइसकेकाहरू भएको बताएका छन्।प्रेस सेन्टर नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा उनले केही मान्छेले माओवादी छाडेर एमाले गएको अफवाह फैलाए पनि ती पहिल्यै पलायन भइसकेको आरोप लगाए।

एकरदुई जना माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी पारि गरेको भनी एमाले जाने भनेर गए, एमाले जसले एमसीसीलाई जस्ताको त्यस्तै उहिल्यैदेखि फुलस्टपरकमा पनि चेन्ज गर्नुहुँदैन भन्ने कहाँ जाने?” उनले भने,

त्यस्ता मान्छे पहिले नै पलायन भइसकेकारविचलित भइसकेकाको त के कुरा गर्नु ? भिन्न मत राख्नेहरूलाई आफूहरूले सम्मान गरिरहेको र चुनावपछि यस विषयमा विभिन्न फोरममा पार्टीले बहस चलाउने उनले बताए।

भिन्न मत राख्ने विचार र काम्रेडलाई हामीले सम्मान गरेका छौँ, केही समयपछि चुनाव सकिएपछि फोरममा बहस चलाउने भनेका छौँ,” उनले भने, राजीनामा दिनुपर्ने कारण छैन।” उनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास भएकाले पार्टी नछाड्न आग्रह गरे।

कार्यक्रममा सञ्चारकर्मीले एमसीसीका कारण नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्न थालेको विषयमा राखेको धारणामा उनले व्याख्यात्मक घोषणासहित एससीसी पास गर्नसकिने अवस्था बनेकाले त्यही कारण पार्टी त्याग गर्नुनपर्ने बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ