आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरीले भेट्यो पल शाह दोषी भएको ६ वटा प्रमाण

प्रकाशित
634
SHARES

काठमाडौं। प्रहरीले अभिनेता पल शाह दोषी भएको ६ वटा प्रमाण फेला पारेको छ। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर नवलपरासी पूर्वले ६ वटा प्रमाणहरु जुटाएर शाहविरुद्ध जबर्जस्ती करणी ब’ला’त्का’र’को मुद्दा दायर गरेको छ।

प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी बलात्कारको अभियोगमा अधिकतम १४ वर्ष कैद सजायको मागदावी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेकाले मुद्दा दायर भएको ह।

हामीले सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला पारेका छौं’ एसपी महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ। हामीले अधिकतम सजाय हुनुपर्छ भनी मागदाबी गरेका छौं।

प्रहरीले ६ फरक प्रमाणले बलात्कारको पुष्टि हुने दाबी गरेको छ। पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन्।

नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्छ।

रिसोर्टका सञ्चालकको बयानले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेको समेत उल्लेख छ।

यसबाहेक कलाकार दुर्गेश थापाले समेत बयान गरेका छन्। उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन्।

त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शारीरिक सम्बन्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बाध्य नहुने’ अभिव्यक्ति थिए।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार बलात्कारको घटनामा एक वर्षको हदम्यादको व्यवस्था छ। गतवर्ष ७ चैतमा घटना भएकाले आगामी सोमबारभित्र मुद्दा दायर भइसक्नुपर्ने थियो ।

तर बीचमा सार्वजनिक विदा परेकाले प्रहरीले जोखिम लिन नचाहिं हदम्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दायर गरेको हो।

नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दीपक भट्टराईका अनुसार, शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा अनुसन्धान चलिरहेकाले त्यहाँ मुद्दा दायर भएपछि नवलपुरमा ल्याइने छ।

‘शाहविरुद्धको जाहेरी एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ। त्यसपछि मात्रै आरोपितलाई नवलपुरमा ल्याइनेछ’ उनले भने, ‘दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नु भनी आदेश गरेमा आरोपित थुनिनुपर्छ।

के छ आदेशमा ? करणीजन्य विषयको अनुसन्धान एवम कारवाही गोप्य रहने तथा पीडितहरूको नाम थर ठेगाना सबै गोप्य नै हुन्छ। यस्ता विषयमा समाचारहरू सम्प्रेषण समेत गरिँदा संवेदनशील हुनु पर्ने र समाचारको विषय बनाइँदा गोपनियतालाई असर नपर्ने गरी गर्नुपर्ने हुन्छ।

यसै विषयलाई लिएर सामाजिक सञ्जाल युट्युब समेतमा पीडितको नाम नामेसी अनुहार चित्र तथा उनीहरुसँगका अन्य विषयमा भएका वार्तालापका तथ्यहरू राखेर स्पष्ट पहिचान हुने गरी सामग्रीहरू प्रसारण गरिएको देखिएको छ।

पीडितलाई मृत्युदण्डको सजाय जस्ता भ्रामक समाचारहरू पनि राखिएको अवस्था छ। संवेदनशील विषयहरूमा समाचार लगायतका सामाग्रीहरू प्रस्तुत गर्दा पीडितको सुरक्षाको विषय, पहिचानको विषयमा गम्भीर भएर गर्नु पर्नेमा सो नगरेको देखिन आएको छ।

करणीजन्य अपराधका सामाग्रीहरू गोप्य हुन्छन भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनै पर्ने विषय रहेको छ। सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेहरूले परिणामको गम्भीरतालाई समेत मध्यनजर गर्नु पर्ने हुन्छ। सो विषयमा गम्भीर नभई पीडितहरुको पहिचान गराएको अवस्था हुँदा यो कानूनी कारवाहीको विषय समेत देखिन आएको छ।

अतः यस विषयमा निम्न आदेश जारी गरिएको छ

क. जिल्लास्थित पत्रकारहरुको संगठन मार्फत यस्ता सामाग्रीहरू प्रचार प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउने।

ख. पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई समेत यस्ता समाचारहरूका बारेमा ध्यानाकर्षण गराउने।

ग. यु टयुब लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामाग्रीहरू हटाउन नेपाल सरकारमार्फत् विज्ञप्ति नै जारी गर्नु पर्ने अवस्था देखिएको छ। यसर्थ संघीय गृह मन्त्रालयमार्फत् सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलपिसहित कारबाहीको लागि लेखी पठाउनु।

घ. अब उप्रान्त पनि यस्ता सामाग्री प्रसारण भएमा वा सामाग्री नहटाउनेका हकमा कानुनी कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सुर्खेत मार्फत प्रहरी प्रधान कार्यालयमा पठाउन प्रस्तुत आदेशको प्रतिलपि पठाउनु।

ङ. संवेदनशील विषयमा जथाभावी सामाग्रीहरू प्रसारण गर्नेका विरुद्धमा कारबाही हुन तथा त्यस्ता साइटहरू आवश्यकता अनुसार बन्द गराउन संघीय गृह मन्त्रालय मार्फत सूचना तथा संचार मन्त्रालयलाई समेत अनुरोध गर्न प्रकरण ख अनुसार लेखी पठाउनु।

प्रतिक्रिया

आजको ट्रेन्डिङ