आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भक्तपुरको होली यौनसँग पनि सम्बन्धित, के हो भित्रि रहस्य ?

प्रकाशित
1.5K
SHARES

भक्तपुर। होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर। तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन। यहाँंको होली यौनसँंग पनि जोडिएको छ। यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ।

यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको दृश्य छ। भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिंगको प्रतिकको रुपमा रहेको करिब तीन फिट लामो काठको लिंग,

(महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँं राखिएको छ। यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको छ।

यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो। यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ।प्रत्येक वर्ष होलीको क्रमको परम्पराअनुसार त्यहाँं यस्तो गरिएको हो।

यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरू पनि उतिकै भेटिन्छन्। होलीको एक हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन्।

यसले पारिवारिक सुख र दीर्घायू मिल्ने विश्वास गरिन्छ। भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ। झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए पनि कुनै सञ्चार माध्यम नभएको।

त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकारहरू बताउँंछन् । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझ्नको लागि यो पर्व हो भन्छन् उनीहरू। यो दृश्य होलीको मुख्य दिन बिहीबारसम्म हेर्न सकिनेछ।

मन्दिरकी पुजारी केशरी कपालीका अनुसार पहिलापहिला भए भीमसेनको योनाङ्गलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो। धेरै भिडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्ड्याउँदा विशेष गरेर महिलालाई हिँड्डुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तल्लामा झुन्ड्याउन थालिएको उनले जनाइन्।

झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन आज किहीबार निकालिन्छ। त्यसपछि यसलाई धुनको लागि पुन सूर्यमढी च्याम्हासिंह हुँर्दै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ । यो अन्तिम दिनमा भीमसेनको योनाङ्ग बोक्न आउनेको भीड लाग्छ।

योनाङ्ग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास अझै छ। भीमसेनको योनाङ्ग छोरा नभएकाहरू विशेष बोक्न लालायित हुन्छन् । होलीको दिन साँझ योनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ।

संस्कृतिविद् जननीप्रसाद मुल उहिलेदेखिको यो परम्परा अहिले पनि जस्ताको तस्तै हेर्न पाउनुमा खुशी व्यक्त गर्छन् । पुराना संस्कृति, परम्परालाई जोगाईराख्नु आवश्यक रहेको उनी औंल्याउँंछन्।

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । होलीका अवसरमा काठमाडौंको वसन्तपुर, भृकुटीमण्डपलगायत क्षेत्रमा विशेष कार्यक्रम भएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् ।विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा भने खाचाखच भरिएको छ ।

यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् ।

वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

 

 

हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

 

 

अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

 

 

अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।

 

 

आज पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ