आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्रीको सातो जाने गरि प्रहरी हेडक्वार्टरले खोल्यो फायर

प्रकाशित
742
SHARES

काठमाडौं। एआईजी बढुवा काण्डले बबाल हुने संकेत देखिएको छ। प्रहरी प्रशासनमा राजनीति छिरेकै कारण अहिले प्रहरी बदनाम हुन पुगेको छ। देउवा सरकारले फेरि एकपटक प्रहरी हेडक्वार्टरमाथि हस्तक्षेप गरेको छ।

गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ।

गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन्।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।

प्रहरी महानिरीक्षक क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन्। उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ। बढुवा समितिको सदस्य सचिव प्रहरी प्रमुख नै हुन्छ,

प्रहरी महानिरीक्षक थापाले बैठकमा नै कार्यसम्पादनका आधारमा सिफारिस हुनुपर्छ भन्ने मत राख्नुभयो तर शक्तिको आडमा कोटा भाग लगाएर नाम सिफारिस गरियो,’ प्रहरी उच्च स्रोतले भन्यो।

गृह मन्त्रालयले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।उनीहरूमध्ये केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत सिंहका नाममा भने असन्तुष्टि देखिएको छैन।

उनी प्रहरी संगठनभित्र व्यावसायिक र स्वच्छ छविका प्रहरी अधिकारीमा गनिन्छन्। तर, बढुवामा परेका पन्त र धानुकको नाममा भने तीव्र असन्तुष्टि देखिएको छ।

उनी आगामी १८ वैशाखबाटै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन्। उनलाई कांग्रेस नेताहरूकै जोडबलमा छोटो अवधिकै लागि भए पनि बढुवाका लागि सिफारिस गरिएको हो।

तेसै, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको,

पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी बेचविखन, तस्करी लगायतका आपराधिक क्रियाकलापविरुद्ध दुबै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताए।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । यस वर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच बैठक भएको उनले बताए।

आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डीएसपी भट्टले बताए। यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रुपमा बैठक भएको थियो।

कोरोनाको दोस्रो लहर पछि सीमा सुरक्षा अधिकारीहरुको यो पहिलो बैठकसीमा सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट,

दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरुको सभागिता रहेको डीएसपी भट्टले बताए।

भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ वी बाहिनी एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ