आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनमाथि आक्रमण गरेको भन्दै राष्ट्रपति पुटिनलाई यी नायिकाले देखाइदिइन यस्तो अंग

प्रकाशित
573
SHARES

काठमाडौं। अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन्।

उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन्। एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन्।

बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन्। रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन्।

उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन्। उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन्।

सन् २०१५ मा महिला दिवसमा प्रकाशित एक लेखमा रेबेलमाथि उनको नाम, उमेर र स्थानबारे झुटो बोलेको आरोप लागेको थियो। यो विषयमा रेबेलले बाउर मिडिया म्यागाजिनविरुद्ध मानहानीको मुद्दा दर्ता गराएकी थिइन्।

उनले आफ्नो हाई–प्रोफाइल मानहानी मामिलामा करिब १ दशमलब ४ मिलियन डलर बढी खर्च गरेकी थिइन्। अन्ततः भिक्टोरियाको सर्वोच्च न्यायालयले पत्रिकालाई ४ दशमलब ५ मिलियन डलरभन्दा बढी जरिवाना भुक्तानको आदेश दिएको थियो।

७५औं संस्करणको बाफ्टा फिल्म अवार्ड’को सञ्चालन गरिरहँदा रेबेलले आफूलाई फ्याट टु फिट बनाएकी थिइन्। उनको नयाँ लुक्सलाई लिएर निकै चर्चा भएको थियो। उनले ३२ किलो वजन घटाएकी थिइन्।

रेबेलका अनुसार उनी पहिला पोलिसिस्टिक ओवर सिन्ड्रोमबाट पीडित थिइन्। २० वर्षको उमेरदेखि नै उनको तौल बढ्न थालेको थियो । कमेडियन बनेपछि स्वस्थ रहनका लागि तौल घटाउने योजना बनाएकी थिइन्।

यस्तै रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाएकी छिन्।

मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारणमा कर्मचारीले समाचार प्रस्तोताको पछाडिबाट प्लेकार्ड देखाएकी हुन्।

युद्ध होइन। युद्ध रोक। प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्, प्लेकार्डमा लेखिएको छ। त्यस्तै प्लेकार्डको अन्तिममा लाइनमा लेखिएको छ, रुसीहरु युद्धको विरोधमा छन्।

प्लेकार्ड देखाउने महिला टेलिभिजनकी कर्मचारी भएको त्यहाँको स्वतन्त्र मानव अधिकार अनुगमन समूह ओभीडी–इन्फोले जनाएको छ।

समूहका अनुसार विरोध गर्ने कर्मचारीको नाम म्यारिया ओभस्यानिकोभा हो। उनी अहिले प्रहरी नियन्त्रणमा रहेको सीएनएनले जनाएको छ।

रुसी समाचार संस्था तासले ओभीडी–इन्फोको रिपोर्ट पुष्टि गर्दै ती युवतीविरुद्ध अभियोग लगाइन सक्ने जनाएको छ। प्रसारणमा बाधा पुर्‍याउनुअघि ओभस्यानिकोभाले युद्धको विरोधमा बनाएको एउटा भिडियोे प्राप्त गरेको सो समूहले जनाएको छ।

‘युक्रेनमा अहिले जे भइरहेको छ त्यो अपराध हो। रुस आक्रमणकारी देश हो। यो आक्रमकताको जिम्मेवारी केवल एउटा व्यक्तिको अन्तस्करणमा छ। त्यो मान्छे भ्लादिमिर पुटिन हो ।’ भिडियोमा उनले भनेकी छिन्। उनका बाबु युक्रेनी र आमा रुसी नागरिक भएको सीएनएनले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ