आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक राष्ट्रपति पुटिनका लागि आयो नमिठो खबर

प्रकाशित
1.3K
SHARES

काठमाडौं। रुस युक्रेन युद्धका बीच अन्तर्राष्ट्रिय फाैजदारी अदालतले आफ्नो फैसला सुनाएको छ। आइसीजेले रुसलाई युक्रेनमा तत्काल युद्ध रोक्न आदेश दिएको छ।

बुधबार भएको सुनुवाइमा अदालतले रुस समर्थित देशहरुलाई यो मामिलामा दूरी कायम गर्न भनेको छ।आइसीजेले अदालतको जे फैसला हुन्छ त्यो सबै पक्षका लागि बाध्य मानिनेछ।

यस क्रममा आइसीजेले रुसको अगाडि युक्रेनीसैनिकले आत्मसमर्पण नगरेको कुराको प्रशंशा गरेको छ। अदालतले भनेको छ ‘रुसी आक्रमणमा युक्रेनी जनता, सैनिक र राष्ट्रपति जेलेन्स्कीले बराबरी प्रतिकार गर्नु प्रशंशनीय कुरा हो।

यस क्रममा अदालतले रुस समर्थित देशहरुलाई सैन्य समर्थन नदिन अपिल गरेको छ।आइसीजेको फैसलाप्रति रुसी राष्ट्रपति जेलेन्स्कीले खुसी व्यक्त गरेको छ। जेलेन्स्कीले भने ‘युक्रेनले अन्तर्राष्ट्रिय न्यायालयमा रुसविरुद्ध आफ्नो मुद्दामा जित हासिल गरेको छ।

आइसीजेले आक्रमण तत्काल रोक्न आदेश दिएको छ। यो आदेश अन्तर्राष्ट्रिय कानुन अनुसार बाध्यकारी छ। रुसले तुरुन्त अनुपालन गर्नुपर्छ। आदेशको अवहेलनाले रुसलाई अझै अलग पारिदिनेछ।

यसअघि ७ मार्चमा भएको सुनुवाइ रुसले बहिष्कार गरेको थियो। युक्रेनले अन्तर्राष्ट्रिय न्यायालयसँग रुसलाई सैन्य अभियान बन्द गर्न आदेश दिन अपिल गरेको थियो ।

युक्रेनले रुसको आक्रमण संयुक्त राष्ट्रसंघीय नरसंहार सन्धिको दोषपूर्ण व्याख्याको दायरामा आउने दावी गरेको छ।युक्रेन र रुसबीच २४ फेब्रुअरीमा सुरु भएको युद्ध ३ हप्ताभन्दा धेरै भइसकेको छ।

युद्ध अन्त्य गर्ने विषयमा २ देशबीच ४ चरणको वार्ता भइसकेको छ तर यसको अहिलेसम्म कुनै सकारात्मक परिणाम निस्किएको छैन। यो युद्धमा अहिलेसम्म सयौं आम नागरिक र हजारौं सैनिक मारिएका छन्। लाखौं जनता देश छोडेर गइसकेका छन्।

तेस्तै, युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन्। आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ। २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ।

युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ। रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन्।

यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ।रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन्।

रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि कोलेस्निकोभको मृत्यु भएको हो।मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध, सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र

क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए। गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन। गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई घेराबन्दी गर्नको लागि १२ हजार सैनिक पठाएको बताएका छन्। उनले यी सैनिक रुससँगको सीमामा तैनाथ गरिने बताएका छन्।

बाइडेनका अनुसार यी सैनिकहरु रुससँग सीमा जोडिएका देशहरु लातभिया, इस्टोनिया, लिथुआनिया र रोमानियामा तैनाथ गरिने उनले बताए। सेना पठाइएको घोषणा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यो युद्धमा सफल नहुने बताए।

शुक्रबार हाउस डेमोक्रेटिक ककसका सदस्यहरुलाई सम्बोधन गर्दै उनले युक्रेनमा तेस्रो विश्वयुद्ध नलडिने बताए। तर, उनले रुसलाई ‘नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गरिने’ बताए । राष्ट्रपति बाइडेनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताए।

उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने चेतावनी दिए।युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ।

यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ। उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्।

रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो।

अमेरिकाले यो ‘पूर्ण रूपमा मिथ्या जानकारी’ भएको र रुसले युक्रेनमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको बताएको छ।यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ।

२७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२’ अभ्यास गर्ने ठानिएको छ। यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।

मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्दत मिल्नेछ।

यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको युक्रेनमाथि आक्रमण गर्नु अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्त्व अहिले त्यहाँ भइरहेको युद्धका कारण झन् बढेको छ।

नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, ‘यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ।’ यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ