एजेन्सी। इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान वार्ताका लागि मंगलबार मस्को जाने भएका छन्। इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।
भियनामा भएको १० महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए। तर, रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो।
सन् २०१५ मा गरिएको भनिएको इरानसँगको आणविक सम्झौताबारे आजदेखि भियनामा छलफल हुने भएको छ। युरोपियन युनियनको कूटनीतिक सेवाका अनुसार भियनामा आज यस विषयमा छलफल हुन लागेको हो।
उक्त सम्झौताको बृहत् कार्ययोजनाका विषयमा यसका साझेदारहरूबीच मंगलबार कुराकानी हुने बताइएको हो। उक्त सम्झौताको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतामा अमेरिकी संलग्नताबारे पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।
यस सम्झौताको सही कार्यान्वयनका लागि समयसमयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ। तर, इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ।
प्रतिक्रिया