आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय कंग्रेसमा रडाको, सिद्धुसहित पाँचै प्रदेशका प्रमुख पदमुक्त

प्रकाशित
451
SHARES

नयाँ दिल्ली। हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन्। यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन्।

८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोत सिंह सिद्धु कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ। राज्य कंग्रेस इकाइहरुको पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन्।

गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी ९पीसीसी० अध्यक्षसँग राजीनामा मागेकी हुन्। पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा माग गरेकी हुन्।

कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन। कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको थियो।

पन्जाब पराजय उसका लागि सबैभन्दा खराब थियो । महिनौँको आन्तरिक द्वन्द्वसँगै अनुभवी नेता अमरिन्दर सिंह र चरणजित सिंह चान्नीसँग सिन्धुको झगडाले कंग्रेस पन्जाबमा पतन भएको हो।

यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो । कंग्रेस कार्य समितिमा वरिष्ठ नेताहरुलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियंकासँगै राजीनामा प्रस्ताव गरेकी थिइन्।

पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन् । तर, उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो।तेस्तै,घाम र पानीकै भरमा बॉच्न सकिन्छ भनेर प्रमाणित गरेर देखाउने भारतीय अनुसन्धानकर्ताको मृत्यु भएको छ।

घाम र पानी मात्रै पिएर २११ दिनसम्म भोकभोकै बसेका भारतको गुजरात प्रदेशका हिरा रतन मानेकको ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनले घाम र पानीकै भरमा बॉच्न सकिन्छ भन्ने प्रमाणित गरेर गिनिज बुकमा नाम लेखाएका हुन। सन् १९९५ मा भारतको गुजरात प्रदेशमा २११ दिनसम्म भोकभोकै बसेका मानेकले सन् २००१ मा अहमदाबादमा ४११ दिन थप भोकभोकै बसेर अर्को रेकर्ड राखेका थिए।

उनले आफ्नो जिवनमा लगभग २० वर्षसम्म सोलिड खाना समेत परित्याग गरे।अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले बोलाएर उनीमाथि अनुसन्धान समेत गरेको थियो। अन्तरिक्ष यात्रीहरूले उनीबाट प्रशिक्षण लिएका थिए।

सयभन्दा बढी देशको भ्रमण गरेका मानेकको ‘सनगेजिङ’ नामक पुस्तक पनि प्रकाशित छ। उनले विभिन्न विश्वविद्यालयमा पुगेर सेमिनार र प्रशिक्षण दिए भने भारतीय सौर्य ऊर्जा समाजको सदस्य पनि थिए।

मानेक बच्चैदेखि सूर्यपुजक थिए। ‘सोलार हिलिङ टेक्निक’बाट मानेकले आफ्नो शरीरलाई प्रयोगशालामा परिणत गरी सूर्यबाट पाइने ऊर्जा र पानी मात्रै पिएर मानिसले स्वस्थ जीवन जिउन सक्छ भन्ने कुरा संसारलाई सफलतापूर्वक प्रमाणित गरेर देखाए।

सूर्यलाई हेर्ने विधी जसलाई पछि ‘एचआरएम फेनोमेनन’ नाम दिइयो। यो विधिमा सूर्योदयको एक घण्टा वा सूर्यास्त हुनुभन्दा एक घण्टा अगाडि सूर्यलाई नाङ्गो आँखाले हेर्ने गरिन्छ।

सुरुमा गाह्रो भए पनि ७ महिनासम्म लगातार अभ्यास गरेमा आधा घन्टासम्म सूर्यलाई प्रत्यक्ष हेर्न सकिन्छ भन्ने मानेकले प्रमाणित गरे। नवौं महिनासम्ममा शरीर सौर्य ऊर्जाको भण्डार बन्ने र खानाबिना पनि बाँच्न सक्ने उनको तर्क थियो। एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ