आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्फ्यु लागु रहेकै बेला राष्ट्रपति जेलेन्सकीलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

प्रकाशित
452
SHARES

एजेन्सी। कर्फ्यु लागु रहेकै बेला रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।

मङ्गलवार साँझ किएभमा कर्फ्यु लागू रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए।

युरोपेली सङ्घले सम्भावित सुरक्षा खतराहरूबारे चेतावनी दिए पछि उक्त यात्राको योजना पोल्याण्डले बनाएको बताइएको छ। ”हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,” भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखे।

हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ। तपाईँहरू एक्लो हुनुहुन्न। हाम्रा देशहरू तपाईँका साथमा छन्।पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन्।

मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन्।

“तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो,” जेलेन्सकीले किएभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ। किभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो।

युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए।

रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू लगाएको छ।

आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ। युरोपेली सङ्घ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो।

थप प्रतिबन्ध: ब्रिटेनले रुसका थप ३७० जना व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ।

ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्‌का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन्।

यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो।ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन्।

उसले रुसको उर्जा क्षेत्रमा हुने नयाँ लगानीमाथि पनि प्रतिबन्ध लगाउने भएको छ। तेस्तै, युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन्। आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ।

२९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ।युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ।

रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन्।यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ।

रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन्।

रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको ह’त्या भएको चार दिनपछि कोलेस्निकोभको मृत्यु भएको हो। मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध,

सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए। गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन। गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ