आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई अर्को झट्का, चुनावको मुखैमा ५ नेताले दिए राजिनामा

प्रकाशित
1.7K
SHARES

काठमाडौं। माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्। यो खबर बाहिरीए पछि प्रचण्ड तनाबमा परेका छन्। चुनावको मुखैमा आएको घोषणाले माओबादि केन्द्रमा खैलाबैला मचिएको छ।

एमसीसी पारितको विपक्षमा उभिएका माओवादी प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी त्यागेको घोषणा गरेका हुन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन्।

एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो। व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ।

तेस्तै, माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरुले एमसीसी विरुद्धमा प्रतिक्रिया दिन नपाउने बताएका छन्। बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसीका विरुद्धमा नकारात्मक टिप्पणी गरे।

कारवाही गर्ने चेतावनी दिएका छन्। एमसीसीका सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै उनले गल्ती स्वीकार गर्न चेतावनी पनि दिए। अन्यथा स्पष्टिकरण सोध्ने उनको चेतावनी थियो।

एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ। गल्ती स्वीकार गर्नुहोस्। स्पष्टिकरण सोध्नुपर्ने नहोस्’ उनले भने, ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ।

यसअघि एमसीसी प्रकरणमा अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनालको समेत आलोचना गरेका थिए। पोलिटब्यूरो बैठकमा बोल्दै उनले एमसीसीको विरोध गरेकोमा खनालको आलोचना गरेका हुन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफनो पार्टी नै समाप्त पोर्न गरी षडयन्त्र पुर्वक अघि वढेपछि त्यसलाई असफल वनाउन एमसीसी पास गरिएको नेपालको भनाई थियो।

सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए।

केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको नेपालले बैठकमा बताए।

तेस्तै, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताएका हुन्।

सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टीपंक्तिलाई उनले आह्वानसमेत गरे।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे। त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नेपालले दुईपटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहोर्‍याए।

एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रिय सभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ