आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेनाका १९ वर्षिय जवान राष्टपति पुटिनलाई सिध्याउछु भन्दै ब्यारेकबाटै भागेपछि…

प्रकाशित
704
SHARES

एजेन्सी। बेलायती सेनाको कोल्डस्ट्रिम गार्डसम्यानका रुपमा कार्यरत १९ वर्षका एक किशोर युक्रेनको तर्फबाट रुसी सेनासँग लड्नको लागि आफ्नो ब्यारेकबाट भागेर हिँडेका छन् । उनी भागेको खबर बाहिरिएपछि हेडक्वार्टरमा खैलाबैला मच्चिएको छ।

उनको ड्युटी बेलायती महारानी एलिजाबेथ द्वितीयलाई सुरक्षा दिनु थियो। १९ वर्षका यी सैनिकले आफ्ना अभिभावकको लागि एउटा नोट लेखेर विंडसर क्यासलको ब्यारेकमा छोडेर पूर्वी युरोपको लागि एकतर्फी हवाइ टिकट बुक गरेको द सनले जनाएको छ।

रक्षा अधिकारीहरुले उनलाई रोक्ने प्रयास गरिरहेका छन् किनकि उनी समातिएको खण्डमा रुसले युद्धमा बेलायत प्रवेश गरेको आरोप लगाउन सक्छ किनकि उनी बेलायती सैनिक हुन्।

उनले निकस्टथहरुलाई युक्रेनको पक्षबाट लडेर रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिध्याउछु भनेका थिए। सेनाको स्रोतले यी किशोर बिना सूचना ब्यारेक छोडेर गएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

बेलायती सेनाका शीर्ष अधिकारीहरुले यी किशोरबाहेक विदामा रहेका अन्य सैनिकहरु पनि युक्रेनमा युद्ध लड्न गएको हुन सक्ने आशंका गरेका छन्।बहालवाला सैनिक यसरी युक्रेनमा लड्न भनेर गएको पुष्टि भएको यो पहिलो घटना हो।

यसअघि अवकाश पाइसकेका सैनिकहरु मात्र युक्रेन गएका थिए। यसरी बहालवाला सैनिक नै लडाइँमा जाँदा यदि उनीहरु समातिए भने रुसले बेलायत युद्धमा प्रवेश गरेको आरोप लगाउन सक्ने र यसले ठूलो जोखिम उत्पन्न गर्न सक्ने त्रास बढेको छ।

यी किशोरले ब्यारेकमा आफ्ना अभिभावकको लागि एउटा पत्र छोडेका थिए र पोल्याण्डसम्मको लागि वन वे टिकट किनेका थिए। त्यसपछि उनले अहिलेसम्म आफ्नो जुत्ताको फोटो मात्रै स्न्यापच्याटमा पोस्ट गरेका छन्।

उनका साथीहरुले यो फोटोले उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रक्षा बलमा मिसिन सफल भएको संकेत गरेको बताएका छन्। फेरि,तेस्रो विश्वयुद्धको संकेत देखिन थालेको छ ।

रुस–युक्रेन तनावका बीच इरानले अमेरिकामाथि हमला गरेको हो। इराकमा अमेरिकी दुतावासमा भएको मिसाइल आक्रमणको जिम्मेवारी इरानले लिएको छ । इरानको रिभोल्युसनरी गार्डसले इरबिलमा १ दर्जन मिसाइल हानेको दावी गरेको छ।

इरानको तर्फबाट सरकारी मिडियामा जारी बयान यो आक्रमण इरबिलमा इजरायलका रणनैतिक केन्द्रहरुमा गरिएको बताइएको छ। मिसाइल आक्रमणपछि उत्तरी कुर्द क्षेत्रीय राजधानी इरबिलका गभर्नर ओमद खोशनावीले बताएअनुसार यी मिसाइलले अमेरिकी दुतावास र इरबिलमा एक कुर्दिश समाचार च्यानलको कार्यालयलाई निशाना बनाएका थिए ।

मिसाइल आक्रमणपछि दुतावास परिसरमा आगो लागेको थियो। यो आक्रमणमा कुनै पनि मानवीय क्षतिको भने पुष्टि भएको छैन। इरानको सरकारी समाचार एजेन्सीका अनुसार रिभोल्युसनरी गार्डसले यो आक्रमणको जिम्मेवारी लिँदै बयान जारी गरेको छ।

रिभोल्युसनरी गार्डसले इजरायललाई धम्की पनि दिएको छ। इरानी सेनाले भनेको छ ‘इजरायलको कुनै पनि आक्रमणको जवाफ कठोर, निर्णायक र विनाशकारी तरिकाले दिइनेछ।

यद्यपि अहिलेसम्म यो पुष्टि भएको छैन कि इरबिलमा इजरायलको उपस्थिति छ कि छैन। यसका बावजुद मिसाइलको निशानामा अमेरिकी दूतावास र सैन्य अड्डा नै रहेका छन्।

यस्तै यता युक्रेनमाथि रुसले आक्रमण गरेपछि संसारका प्रभावशाली मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै उसलाई एक्ल्याउन खोजिरहेका छन्।तर रुसलाई विश्वको महाशक्ति मुलुक चीनको साथ प्राप्त छ।

चीनले रुसलाई सैन्य सहायता उपलब्ध गराएको छैन किनकि उनीहरूबीच सैन्य साझेदारी छैन। तर रुसको सम्बन्धमा तटस्थताको नीति चाहिँ चीनले अपनाएको छ। अरू मुलुकले जस्तो रुसलाई चीनले निन्दा गरेको छैन।

युद्धलाई कूटनीति तथा वार्ताको माध्यमले अन्त्य गरिनुपर्नेमा चीनले निरन्तर जोड दिँदै आएको छ। रुस आफू संलग्न विवादमा अन्य राष्ट्र तटस्थ बसे मात्र पनि खुशी हुने गर्छ। चीनले अहिले त्यही कदममार्फत रुससँगको मित्रता कायम गरिरहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ