किभ। युक्रेनको राजधानी किभमा पार्क छेउमा हिँड्दै गरेका मानिसहरुको अगाडि क्षेप्यास्त्र प्रहार भएको भिडिओ अनलाइनहरूमा पोस्ट भएको छ। रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ।
राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो। अनलाइनहरूमा देखिएको किएभको सडकमा भएको क्षेप्यास्त्र प्रहारको भिडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छ।
अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन्। उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन्।
एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन्।बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन्।
रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन्। उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन्। उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन्।
सन् २०१५ मा महिला दिवसमा प्रकाशित एक लेखमा रेबेलमाथि उनको नाम, उमेर र स्थानबारे झुटो बोलेको आरोप लागेको थियो। यो विषयमा रेबेलले बाउर मिडिया म्यागाजिनविरुद्ध मानहानीको मुद्दा दर्ता गराएकी थिइन् ।
उनले आफ्नो हाई–प्रोफाइल मानहानी मामिलामा करिब १ दशमलब ४ मिलियन डलर बढी खर्च गरेकी थिइन्। अन्ततः भिक्टोरियाको सर्वोच्च न्यायालयले पत्रिकालाई ४ दशमलब ५ मिलियन डलरभन्दा बढी जरिवाना भुक्तानको आदेश दिएको थियो।
७५औं संस्करणको ‘बाफ्टा फिल्म अवार्ड’को सञ्चालन गरिरहँदा रेबेलले आफूलाई फ्याट टु फिट बनाएकी थिइन्। उनको नयाँ लुक्सलाई लिएर निकै चर्चा भएको थियो । उनले ३२ किलो वजन घटाएकी थिइन्।
रेबेलका अनुसार उनी पहिला पोलिसिस्टिक ओवर सिन्ड्रोमबाट पीडित थिइन्। २० वर्षको उमेरदेखि नै उनको तौल बढ्न थालेको थियो । कमेडियन बनेपछि स्वस्थ रहनका लागि तौल घटाउने योजना बनाएकी थिइन्।
तेस्तै,चीनले आफ्नो देशसँग रुसले सैन्य एवं आर्थिक सहयोग नमागेको बताएको छ। रुसले चीनसँग सहयोग मागेको भन्ने अमेरिकी अधिकारीको दाबीको खण्डन गर्दै चीनले सो कुरा बताएको हो।
अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए।
अमेरिकाको उक्त दाबीलाई चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले कहिल्यै नसुनेको भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका छन्।
लिउले युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने बताए। अहिलेको प्राथमिकता भनेको तनावपूर्ण अवस्थालाई चर्किन वा नियन्त्रण बाहिर जानबाट रोक्नु हो।
चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ” लिउले सिएनएनसँग भने । चिनियाँ अधिकारीहरुले रुस आफै सक्षम भएकोले आफ्नो देशसँग सहयोग नमागेको बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
अमेरिकी फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकाले युक्रेन रुसले बेइजिङ्सँग सहयोग मागेको उल्लेख गरेका थिए। तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन ।
रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकाले चेतावनी समेत दिएको छ।
प्रतिक्रिया