आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चेचन्या स्पेसल फोर्सले रास्ट्रपति जेलेन्स्की माथि ३ राउण्ड गोलि चलायो, थप बिबरण सहित

प्रकाशित
2.2K
SHARES

एजेन्सी। सेनाको बिशेष कमान्डो द्वारा रास्ट्रपतिको ज्यान मा’र्ने प्रयास भएको छ। यो युक्रेनको खबर हो। पुटिनको आदेशमा भएको यो घटनाले युक्रेन भर सनसनी मचाएको छ। पत्रकार सम्मेलनमा राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले दिएको बयानले सबैका आखा रसाएका छन्।

युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गए राति तीन पटक मा’र्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आ’क्र’म’ण गरिरहेका बेला उनलाई तीन पटक मा’र्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

रुस र युक्रेनबीच यु’द्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ। तर ह’त्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो।

रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए। उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन्। जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए ।

रुसी सेनाले राजधानी किभका केही क्षेत्र नियन्त्रण दिइसकेको छ भने राजधानी किभ नजिकै रहेको युक्रेनी सेनाको गोदाम कब्जामा लिएको छ ।त्यस्तै रुसी लडाकु बिमानले मिसाइल प्रहार गरेर युक्रेनको हतियार गोदाम ध्वस्त बनाएको विवरण सार्वजनिक भएका छन् ।

रुसी सेनाले युक्रेनी सेनाका १२ पानी जहाज कब्जा गरेको छ । बर्डिस्को क्षेत्रमा सैन्य उपकरणसहितका १२ जहाज रुसी सेनाले नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले लडाइँमा सो क्षेत्रमा प्रयोग गर्दै आएका जहाज छोडेर भागेको बताइएको छ ।

युक्रेनका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा लिइसकेको छ । केही क्षेत्रमा फाटफुट लडाइँ पनि चलिरहेको छ । युक्रेनले सर्वसाधारणलाई हतियार बाँडेका कारण मानवीय क्षति हुने बताइएको छ । गैरसैनिक इलाकाबाट रुसी सेनामाथि हमला भइरहेका छन् ।

यसैबीच युक्रेनी सेनाले विद्यार्थीलाई हतियार बितरण गरेको छ । युक्रेनी सेनाले विद्यार्थीलाई हतियार चलाउन तालिम दिइरहेको भिडियो सार्वजनिक भएको छ । रुसले मानवीय क्षति कम होस् भनेर चाहेकै कारण यु’द्ध लम्बिएको छ ।

राजधानी किभ नियन्त्रण लिन रुसी सेना अगाडि बढिरहेको विवरण सार्वजनिक भइरहेको बेला रुसी मिडियाले चेचन्या स्पेशल फोर्स पनि किभ पुगेको बताएका छन् । लडाइँमा कुशल मानिएको चेचेन आर्मीका प्रमुख नै किभ नजिक पुगेको रुसी मिडियाको दाबी छ । बाक्लो हिउँमा चेचन्या स्पेसल फोर्सका जवानहरु अघि बढेको भिडियो रुसी मिडियाले सार्वजनिक गरेका छन् ।

रुसको अंगको रुपमा चेचन्या पनि युद्धमा सहभागी भएको छ । त्यसअघि लद्ध लम्बिन थालेपछि बेलारुसले पनि रुसी सैनिकलाई सहयोग गर्ने विवरण सार्वजनिक भएका थिए । बेलारुसका सेनाले युक्रेनको सीमा क्षेत्रमा बख्तरबन्द गाडी परेड खेलेको भिडियो सार्वजनिक भएको थियो ।

युद्धलाई शान्तिपूर्ण रुपमा टुंग्याउने प्रयास पनि भइरहेका छन् । यसैबीच पुनः दुबै देशका अधिकारीहरुले भिडियो बार्ता हुने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आजको वार्ता दुबै देशका राष्ट्राध्यक्षको वार्ताको समय मिलाउन हुने बताएका छन् ।

तर, रुसले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग वार्तालाई अस्वीकार गर्दै आएका छन् ।यसैबीच जेलेन्स्कीले पुनः नेटोलाई आफ्नो देशको हवाई क्षेत्रलाई निषेधित गर्न आग्रह गरेका छन् ।

यसअघि नेटोले त्यो गर्नु तेस्रो विश्वयु’द्ध हुने भन्दै अस्वीकार गर्दै आएको थियो । तर, जेलेन्स्कीको पछिल्लो भनाईबारे नेटोले केही बोलेको छैन ।अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको छ ।

अमेरिकाले रुसलाई सहयोग त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । तर, चीनले भने त्यसलाई स्वीकार गर्दै रुसले आफूसँग सहयोग नमागेको बताएको छ । जेलेन्स्कीले आफ्नो देशप्रति देखाएको वफादारितालाई लिएर अहिले उनको सबैतिर प्रशंशा गरिएको छ।

कहिले उनी आफै युद्ध मैदानमा उत्रिएका तस्वीरहरु सार्वजनिक भएका छन् भने कहिले उनी आफ्नो देशको रक्षार्थ आफ्ना देशका सेनाहरुलाई हौसला बढाइरहेका छन्।

रुसले युक्रेनमाथि आ’क्र”ण शुरु गरेको एक हप्ता भइसकेको छ। यसमा कैयन युक्रेनी नागरिकको मृत्यु भइसकेको छ भने दश लाख बढी युक्रेनका नागरिक युद्धबाट बच्न छिमेकी देशमा शरण लिन पुगेका छन्

रुसले युक्रेनका विभिन्न शहर आफ्नो नियन्त्रणका लिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले जेलेन्स्कीको ह’त्या गर्न विभिन्न समूह परिचालित गरेको थियो।

तेस्तै, रूसले आ’क्र’म’ण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आ’क्र’म’ण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए।

द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म पुग्न पत्रकारहरूले सडकमा थुप्रै अवरोधकहरू पार गर्नुपरेको थियो। रूसी ट्यांकहरूलाई अवरोध गर्न ती अवरोधक बनाइएका हुन्।

राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको टाइम्सले उल्लेख गरेको छ। पत्रकार सम्मेलनका क्रममा हतियार बोकेका सुरक्षाकर्मी सँगै उभिएका थिए। जेलन्स्कीले अहिले आफू रातमा तीन घन्टामात्र सुत्ने गरेको बताएका थिए।

झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आ’क्र’मण’मा युक्रेनीले गरेको प्रतिरोधको प्रशंसा गरे। ‘युक्रेनीहरूको साहसका बलमा म बलियो र निर्णायक भएको छु,’ जेलेन्स्कीले भने।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए। ‘म पुटिनसँग कुरा गर्न चाहन्न भन्ने होइन,’ उनले भने,‘मैले पुटिनसँग कुरा गर्नुपर्छ, सारा विश्वले पुटिनसँग कुरा गर्नुपर्छ। यो युद्धलाई रोक्न त्योबाहेक अर्को कुनै बाटो छैन।’

युक्रेनको सार्वभौमसत्ता बाहेक अरू केही बुँदामा आफू सम्झौता गर्न तयार रहेको उनले बताए। रूसीहरूले पहिला नै सबै प्रश्नको उत्तर तयार पारेकाले अहिले वार्ता गरेर नयाँ कुरा आउन सम्भव नभएको उनले बताए।

रूसी आ’क्र’म’ण’को प्रतरोध गर्न पश्चिमा मुलुकहरूले युक्रेनलाई अझै सैन्य सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले फ्रान्स र जर्मनीसँग युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि आग्रह गरे। हास्य कलाकारबाट राष्ट्रपति बनेर पुटिनसँग लडिरहेका जेलेन्स्की,

तीन वर्षअघि यतिबेला पूर्वी युरोपेली मुलुक युक्रेनमा चुनावी माहौल थियो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको युक्रेनको चुनावमा उम्मेदवारी दिएर भोलोदिमिर जेलेन्स्कीले संसारको ध्यान तानेका थिए।

त्यतिबेला ४१ वर्षमात्रै पुगेका जेलेन्स्कीको चर्चा युवा भएकाले मात्रै थिएन, उनी टेलिभिजन सिरियलमा पनि देशको कार्यकारी पद सम्हालेको अभिनय गर्थे। एउटा हास्य कलाकार कसरी राष्ट्रपति हुन्छ भनेर विरोधीले उनलाई उडाएका थिए।

जेलेन्स्की युक्रेनका लोकप्रिय हास्य कलाकार थिए। त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर युक्रेनको छैठौं राष्ट्रपति निर्वाचित भएका थिए।त्यतिबेला जेलेन्स्कीसँग पराजित भएका युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेका थिए।

अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।तीन वर्षपछि पोरोसेन्को भनाइ गलत सावित भएको छ। जेलेन्स्की रूसी प्रभावको कक्षमा परेका छैनन् बरू रूसले युक्रेनलाई आफ्नो प्रभावमा पार्न सेना पठाएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभमा जेलेन्स्कीको सरकार ढालेर आफूले भनेको मान्ने मान्छेको सरकार बनाउन चाहेका छन्। पहिलो पटक कार्यकारी पद सम्हालेका जेलेन्स्कीले दोस्रो विश्वयुद्धपछि युरोपको कुनै एउटा मुलुकले अर्को मुलुकमा गरिरहेको सबैभन्दा ठूलो सैन्य आक्रमण झेलिरहेका छन्।

सानो मुलुक युक्रेन अहिले संसारको शक्तिशालीमध्येको एक रूसको सैनिकसँग लडिरहेको छ। दुई लाख बढी रूसी सैनिकले जल, जमिन र हवाई मार्गबाट गरिरहेको आक्रमण जेलेन्स्की एक्लै लड्नु पर्नेछ। विश्वका शक्ति राष्ट्रका नेताहरूले उनलाई ’हामी छौं’ भनेर ढाडस त दिएका छन।

तर युक्रेनमा रूसी सैनिकविरूद्ध लड्न न अमेरिकाले सेना पठाउने छ न त उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सैनिक आइपुग्ने छन्।जेलेन्स्कीलाई राम्ररी थाहा छ, रूसी आक्रमणको पहिलो निशाना उनी नै हुन्। उनले शुक्रबार भनेका छन्।

नीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्। ‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ