आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्ततः यसकारण झुक्न बाध्य भए युक्रेनी राष्ट्रपति जेलेन्स्की, रुसलाई पठाए यस्तो प्रस्ताव

प्रकाशित
1.6K
SHARES

काठमाडौ।  सुरुदेखि गोयबल्स शैलीमा आफ्नो शक्तिलाई उत्सहित गर्दै आएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अन्ततः रुसको अगाडि झुकेका छन्। रुसलाई जवाफ दिने बताउँदै आएका जेलेन्स्की नयाँ सम्झौताको लागि तयार भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

युक्रेन नेटोको सदस्य नबन्नु पर्ने, पूर्वीका विवादित क्षेत्रलाई अलग राज्यको मान्यता दिनुपर्ने रुसको मागबारे छलफल गर्न आफू तयार रहेको जेलेन्स्कीले सन्देश दिएका छन्। जेलेन्स्कीको पार्टीले युक्रेन नेटोको सदस्य नबन्न तयार रहेको बताइसकेको छ भने दुई क्षेत्रका विषयमा पनि छलफल गर्न तयार रहेको सन्देश रुसलाई पठाएको छ ।

आज दुई देशका विदेशमन्त्रीको टर्कीमा बार्ता हुँदैछ ।  जेलेन्स्कीले भिडियाे सन्देशमा उक्त कुरा बताइसकेका छन् । तर रूसले यसबारे केही बताएकाे छैन । रूस पूरै युक्रेनबाट जेलेन्स्कीलाइ सत्ताबाट हटाएर मात्रै पछि हट्छ वा नयाँ प्रस्तावकाे लागि तयार हुन्छ हेर्न बाँकी छ ।

किभमा रहेर सुरूदेखि रिपाेर्टिङ गरिरहेका पत्रकार राजेश पावरले अमेरिका र इयूले पनि साथ नदिएपछि जेलेन्स्की हतास मानसिकतामा पुगेका छन्। नागरिककाे मनाेवल बढाउन मात्रै उनले भिडियाे सन्देश दिइरहेका पत्रकार राजेश बताउँछन्। उनी जेलेन्स्की छिटै रूसकाे प्रस्तावमा तयार हुने बताउँछन् ।

जेलेन्स्कीले अमेरिका, नेटा सदस्यहरु र इयूले आफूलाई युद्धमा एक्लै छोडेको भन्दै पटकपटक भिडियो सन्देशमार्फत विरोध जनाइसकेका छन् । उनले युक्रेनलाई नेटोको सदस्य बनाउन गरेको आग्रह पनि अस्वीकार गरेपछि इयूको सदस्य बनाउन आग्रह गरेका थिए। त्यो पनि नमानेपछि जेलेन्स्की रुससँग लड्न तयार नभएको बताइएको छ।

रुससँग लडाइँमा युक्रेन पराजित नै हुने र चाँडो नयाँ सम्झौता गर्न जेलेन्स्कीलाई आफ्नै सहयोगीबाट दवाव आइरहेको बताइएको छ । रुसी सेनाले ठूला सहर नियन्त्रण गर्दै राजधानी किभलाई चारैतिर घेराउ गरेका छन्।

किभमा रहेका भारतीय पत्रकार अमन चोपडाका अनुसार रुसी सेनाले अन्तिम हमलाको तयारी गरिहेको छ । साइरन बजिरहेको छ । सबै मानिसहरु भूमिगत सेल्टरमा जान सूचना गरिएको छ ।

किभमा ठूलो संकट आउनुअघिको सन्नाटा छाएको पत्रकार अमनले बताएका छन्। रुसी सेनालाई रोक्न युक्रेनी सेनाले सबै प्रयास गरेपनि असफल भएको  । सर्वसाधारणलाई हतियार दिएर मानव बस्तीबाट प्रतिकार गर्न लगाएको छ । मानव बस्तीबाट रुसी सेनामाथि हमला भएपछि त्यस्ता बस्तीहरु ध्वस्त भएका छन्।

रुसले मानिसहरुलाई बाहिर निस्कन एकतर्फी युद्धविराम समेत गर्दै आएको छ। राजधानी किभसहित खार्किभलगायतका शहरमा युद्धविराम गरेपनि युक्रेनी सेनाले सर्वसाधारणलाई निस्कन नदिएको बताइएको छ। रुसी संचारमाध्यमहरुका अनुसार सर्वसाधारणलाई मानव ढाल प्रयोग गर्न फसेका भनिएका नागरिकलाई बाहिर निस्कन युक्रेनले दिएको छैन।

फसेका नागरिकलाई बाहिर निस्कन नदिएको आलोचना भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन्।

एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५,००० मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए । तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे।

त्यस्तै युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ। चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ८ः ५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ। चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ।

युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको ।

रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ। जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ