आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सत्ता गठबन्धन तोड्न भयंकर षडयन्त्र भइरहेको खुलासा, माधव नेपालले पाए यस्तो सूचना

प्रकाशित
244
SHARES

काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउन भयङ्कर षडयन्त्र भइरहेको बताएका छन्। उनले आफूले गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको पाएको बताएका हुन्।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको उनको भनाइ छ ।

‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो, सुरुमा (एमसीसी) संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेतारकार्यकर्तालाई आग्रह गरेका छन् । ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ। पार्टीको निर्णय सबैले मान्नुपर्छ’ उनले भने।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताएका छन्। एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उनले बताए।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित राम बहादुर थापाले दल तयाग गरेपछि खाली भएको पदमा भएको निर्वाचनमा एमालेबाट स्वयं बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो।

देवकोटालाई माधव नेपालको सिफारिसमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रुपमा जिताएको थियो ।एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो,’ नेपालले भने ।

यस्तै, माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि भएको भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि एमालेका उम्मेदवारहरु सत्ता गवठबन्धनका उम्मेवारहरुसँग पराजित भएको सुनाए।

यही प्रसंग जोड्दै नेपालले थपे, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे।अहिले सत्ता सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी अभियान भन्दा पनि वर्तमान गठबन्धनलाई तीनै तहको चुनावसम्म लैजाने भन्दै गठबन्धनमा जोड दिँदै आएका छन्।

जुन विषयमा कांग्रेसभित्र एकमत छैन।अमेरिकी सहयोग परियोजना एमसीसीलाई दिएर सत्ता गठबन्धनभित्र अविश्वासको वातावरण सृजना भएको थियो। चुनावी तालमेललाई लिएर सत्ताधारी दलबीच भिन्नाभिन्नै अभिव्यक्ति आउन थालेपछि गठबन्धन भबिस्य नै अन्योल हुन थालेको छ।

गठबन्धनको पक्षम विशेष गरी एकीकृत समाजवादी रहेको छ। पार्टी विभाजन गरेर नयाँ बनाउँदा उसको देशव्यापी संगठन निर्माण भएको छैन भने गठबन्धन नगर्ने हो भने आगामी स्थानीय तह निर्वातनमा आफूसँग भएका

कार्यकर्तापनि एमालेतर्फ जाने भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावमा गठबन्धन हुनुपर्ने बताउँदै आएका छन्। उनले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाएका थिए। सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय

तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको बताएका थिए। नेपालको भनाइ थियो, ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं। हाम्रो सहमति रहेको छ, निर्वाचनमा पनि हामी मिलेर जान्छौं। सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा

सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो। ठीक मूल्यांकन गर्नु पर्‍यो। अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्‍यो।’ कांग्रेसले भने आगामी चुनावमा गठबन्धन गर्नेबारे कुनै सहमति नभएको जनाएको छ।

गठबन्धन गर्नेबारे अहिले कुनै सहमति नभएको भन्दै कांग्रेसले पार्टीको ग्राउन्ड बुझेपछि मात्रै गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे केन्द्रीयकार्यसमितिमा छलफल गरेर निर्णयमा पुग्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दाबी गरे। ‘हाम्रो गठबन्धन सरकार छ,

हाम्रो सभापति शेरबहादुर देउवा त्यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ, अहिले हामी गठबन्धनमा भएका दलहरू पहिलो चरणमा आफ्ना पार्टीका एजेन्डा लिएर जनताको बीचमा जाँदैछौँ,’ खड्काले भने,

‘जनताको चाहना के छरु पार्टीको ग्राउन्ड कस्तो छरु त्यो बुझेपछि मात्रै यसबारे निर्णयमा पुग्छौँ।’ गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे कांग्रेसमा फरक९फरक मत छ। सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँग चुनावी तालमेल हुने संकेत गरिसकेका छन्।

तर, नेता शेखर कोइरालाले भने सरकार सञ्चालनमागठबन्धन गरे पनि चुनावी गठबन्धन गर्नु उपयुक्त नुहने भन्दै आएका छन्।कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ।

त्यसैले देउवाले बुधबार बैठकमा समेत गठबन्धनका दलहरुको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै दिएका थिए। तर, नेता शेखरकोइराला पक्ष भने गठबन्धन गरेर अघि जान नहुने पक्षमा छन्।

महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गर्न नहुने विषयलाई जोड दिइरहेका छन्।नेताहरुबीच गठबन्धनका बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खुस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ।

कांग्रेसले तत्कालीन नेकपाको सरकारविरुद्ध र गठबन्धनका नेताहरुलाई आक्रोशपोखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई होच्याउने काम भइरहेको भन्दै २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएकाले तल झार्न सक्ने चेतावनी दिएका छन्।

नेताहरुबीचको आरोप प्रत्यारोपलेगठबन्धनबीचको सम्बन्धनमा समस्या बढ्दै जान सक्ने सम्भावना रहन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ