आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी मुख्यालयले दियो अनौठो प्रतिक्रिया, नेताहरु चकित

प्रकाशित
2.5K
SHARES

काठमाडौँ। एमसीसी मुख्यालयले यस्तो अनौठो प्रतिक्रिया दिएपछि नेताहरु चकित परेका छन्। अमेरिकाले नेपालको संसदले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी र यसको ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरेको विषयलाई ‘नोटेड’ जानकारीमा लिएको गरेको जनाएको छ।

अमेरिकी विदशमन्त्री एन्टोनी जे. ब्लिन्केनले मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी ‘नोटेड’ गरेको जानकारी दिएका हुन्।नेपालले गरेको एमसीसी अघि बढाउने निर्णय नोटेड गरेका छौं।

जसले विद्युत प्रसारण र सडक आयोजनामार्फत रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने छ, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भनेका थिए।१५ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो।

एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरेको भोलिपल्ट १६ फागुनमा चीनले पनि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको थियो । चीनले नेपाललाई एमसीसी अनुमोदन नगर्न दबाब दिंदै आएको थियो।

नेपालको संसदले गरेको निर्णय र व्याख्यात्मक घोषणालाई चीनले नोटेड गरेको छ, बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भने, ‘कुनै पनि देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन।

राजनीतिक स्वार्थ राख्न हुँदैन र जबर्जस्ती कूटनीतिमा संलग्न हुनुहुँदैन।एमसीसी लिनैपर्छ भनेर दबाब दिने अमेरिका र एमसीसी नलेऊ भनेर दबाब दिने चीन दुवैले संसदबाट एमसीसी अनुमोदन गरेको घटनाको प्रतिक्रिया एउटै शब्द जनाए– नोटेड ।

दुवै देशले एमसीसी र व्याख्यात्मक घोषणाको अनुमोदनलाई ‘नोटेड’ गरेको उल्लेख गरेका छन् ।कूटनीतिमा ‘नोटेड’ शब्दले के आशय व्यक्त गर्छ त ? पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत भेषबहादुर थापाले भने, ‘यसलाई सकारात्मक र नकारात्मक दुवै हिसाबबाट लिन सकिन्छ।

तर, अमेरिकाले ‘नोटेड’ भनेर कार्य एक कदम अघि बढेको संकेत दिएको बुझाई थापाको छ। नोटेड भनेको एक कदम अगाडि हो। एमसीसीको विषयमा नेपालको प्रयासलाई नोट गर्‍यौं भन्ने हो,’ थापाले भने, धेरै वादविवादपछि एमसीसी संसदले अनुमोदन गर्‍यो।

त्यही प्रक्रियालाई अलिकति प्रोत्साहन गर्न ‘नोटेड’ भनेको हो। कूटनीतिमा ‘नोटेड’ शब्दले नकारात्मक अर्थ बढी दिन्छ। कुनै कुरालाई स्वागत गर्न नसकिने भयो र असन्तुष्टिका साथ जानकारी भयो भन्ने सन्देश दिनुपर्दा प्रायः कूटनीतिमा ‘नोटेड’ शब्द प्रयोग गरिन्छ।

नेपालले ३ असोज २०७२ मा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्दा भारतले यसैगरी असन्तुष्टि जनाएको थियो। त्यसअघि संविधान जारी गर्ने मिति पछि सार्न र संविधानमा समेटिएका केही विषयवस्तु फेर्न भारतले नेपालमाथि दबाब दिंदै आएको थियो।

भारतीय दबाबको बेवास्ता गर्दै नेपालले संविधान जारी गरेपछि भारतले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘नोटेड’ गरेको जनाएको थियो।त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। अहिले एमसीसीका विषयमा अमेरिका नोटेडभन्दा बढी जान सक्ने ठाउँ भएन।

एक किसिमले हेर्दा भएको गतिविधिलाई हामीले राम्रोसँग हेरेका छौं भन्ने अर्थ यसले दिन्छ, पूर्वपरराष्ट्रमन्त्री थापाले भने। विदेशमन्त्रीले नै टेलिफोन गरेर ‘नोट’ गरें भनेको कुरालाई प्रोत्साहनका रूपमा हेर्नुपर्ने उनको धारणा छ।

अब अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ।

एमसीसी मुख्यालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको एमसीसी सम्झौतालाई आफूले स्वीकार गरेको जनाएको हो। सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो।

एमसीसी सम्झौतालाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्तासम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको पनि विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता:

अमेरिका र एमसीसी मुख्यालयले यसअघि पटक–पटक सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने अधिकार नेपाल सरकार र सार्वभौम संसद्को रहेको उल्लेख गर्दै आएको थियो।

सम्झौताको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न बाटो खुला गरेको एमसीसी मुख्यालयले जनाएको छ। जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ, विज्ञप्तिमा भनिएको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले फागुन १५ मा अनुमोदन भएको केही घन्टामै विज्ञप्ति निकालेर ‘अनुमोदनले सम्झौता कार्यन्वयनको लागि बाटो खोलेको’ जनाएको थियो।

मंगलबार राति नै एमसीसी अनुमोदनको सम्बन्धमा एमसीसी बोर्ड अध्यक्षसमेत रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै अगामी दिनमा मिलेर अघि बढ्ने बताएका थिए।

मुख्यालयद्वारा विज्ञप्तिमा नेपालको कुन जनसंख्याको झन्डै ८० प्रतिशत २ करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग गर्ने आशाका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी,

नेपाल सरकारले २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको पनि जनाएको छ। यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष हो। यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ।

एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थपमा सहयोग गरेका छन।

विज्ञप्तिमा भनिएको छ,नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ। हामी देश, यसको लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गरिरहनेछौं।

नेपालमा अमेरिकाले संसद्बाट व्याख्यात्मक घोषणासहितको अनुमोदनलाई के गर्छ भनेर प्रश्न भइरहदा यसअघि अमेरिकी राजदूतावास र मंगलबार राति एमसीसी मुख्यालयले अनुमोदनसँगै कार्यान्वयनको तिरतर्फ उन्मुख भएको प्रस्ट पारेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ