आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्री खाणले गर्दा एमालेमा पहिरो, ओली तनावमा

प्रकाशित
589
SHARES

भैरहवा। एमालेका लोकप्रिय युवा नेता भोला क्षेत्री ‘राजाबाबु’सहित ५ सय स्थानीय नेता कार्यकर्तालाई नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले पार्टीमा स्वागत गरेका छन्। चुनावको मुखमा सबै नेता कार्यकर्ता कांग्रेश तिर लागे पछि ओली तनावमा परेका छन्।

शनिबार रुपन्देही कांग्रेसको क्षेत्र नं। १ ले धकधईमा आयोजना गरेको बृहत भेला एवम् पार्टी प्रवेश कार्यक्रममा खाणले एमालेका नेता क्षेत्रीसहितका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन्।

एमालेको रोहिणी गाउँपालिका गाउँपालिका कमिटीका सचिव क्षेत्रीले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन्। उनीसँगै ५ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले जानकारी दिए।

कार्यक्रममा गृहमन्त्री एवम् कांग्रेस नेता खाणले एमसीसीले देशको विकास हुनेभन्दै एमसीसी राष्ट्रघात नरहेको बताए। उनले विजुलीको तारमा झुण्डिएर कुनै पनि विदेशी सेना नआउने बरु त्यो तारबाट नेपालमा उत्पादन भएको विजुली विदेशमा लगेर बेच्न मिल्ने बताए।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, रुपन्देही– १ का क्षेत्रीय सभापति एवम् देवदह नगरपालिकाका नगरप्रमुख हीराबहादुर खत्री, रुपन्देही कांग्रेसका पार्टी सभापति रामकृष्ण खाण, नेपाल महिला संघकी रुपन्देहीकी सभापति गंगा शाही,

कांग्रेस नेता मणिप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो। एमालेका नेता विष्णु पौडेलको गृहजिल्लामा एमालेका लोकप्रिय युवा नेतासहित ५ सय स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि एमालेभित्र खैलाबैला भएको छ।

तेस्तै, राष्ट्र र राष्ट्रियताका सवालमा जब्बरसँग आवाज बुलन्द गर्ने नेकपा एमालेका नेता भीम रावलमाथि प्रधानमन्त्री शेरबहादुर देउवाले रोस प्रकट गरेका छन्। उनले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै तितो वचन बोलेका हुन्।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा एमाले सांसद भीम रावलले विरोध गरेको भन्दै आक्रोश पोखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले भने, आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो रु उसबेला दिमाग खुस्क्याथ्यो  त्यो बेला किन बिरोध नगरेको ?

राजीनामा गर्नुपर्दैन, लाज छैन रावलप्रति कडा रुपमा प्रस्तुत भएका देउवाले एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरेका जानकारी गराए। रावल रक्षामन्त्री भएको स्मरण गराए।

उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएनरु के हेरेर बसेका थिएरु उनले राजिनामा गर्नुपर्थ्यो।’ रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो।एमाले नेता भीम रावलले सुरु देखि अहिलेसम्म नै एमसीसीको विरोध गर्दै आएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलको दिमाग खुस्किएको संज्ञा दिएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले आफैले गरेको निर्णयमा विरोध गरेको भन्दै दिमाग खस्किएको संज्ञा दिएका हुन् ।

देउवाले रावल आफैं मन्त्रिपरिषदमा रहँदा एमसीसी परियोजना पास गरेको तर अहिले आएरमात्र विरोध गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको हो।

अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको ? त्यसबेला दिमाग खुस्केको थियो। भीम रावलले देउवालाई चोटिलो जवाफ फर्काएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत चोटिलो जवाफ फर्काएका हुन्।

रावलले ट्वीटरमा आफू केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रम र रक्षा मन्त्री भएको उल्लेख गर्दै ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफू मन्त्री नभएको बताए।

अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ, उनले भनेका छन्।

एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको पनि उनको भनाइ छ। किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने देउवाको प्रश्नमा जवाफ फर्काउँदै रावलले भनेका छन्।

नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने मेरो चरित्र होइन्।

उनले अगाडि लेखेका छन्, ‘संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले,

म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो। रावलले देउवालाई थप वहस गर्ने इच्छा भए आफू तयार भएको पनि बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ