आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुटिनलाई ब्रेन डिसअर्डर, के छ अवस्था थप जानकारी सहित

प्रकाशित
441
SHARES

काठमाडौ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ।

क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरुले यस्तो दाबी गरेका हुन। खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन्।

युक्रेनमा हमला गर्ने पुटिनको निर्णयपछाडि मनोवैज्ञानिक व्याख्या रहेको बताइएको छ। खुफिया समूहले ६९ वर्षीय पुटिनको ‘बढ्दो अनियमित व्यवहार’ बारे रिपोर्टहरू सेयर गरिरहेको छ।

यी केवल मानव स्रोतहरू हुन, जसले तपाईंलाई पुटिनको मानसिकताकोे समृद्ध चित्र प्रदान गर्न सक्छ, सुरक्षा स्रोतलाई उदृत गर्दै बेलायती समाचार संस्था डेलीमेलले लेखेको छ, ‘विगत पाँच वर्षमा उनको निर्णय शक्तिमा निश्चित परिवर्तन आएको छ।

पुटिनको वरपरका मानिसहरूले उनी के भन्छन् र उनी आफ्नो वरपरको संसारलाई कसरी बुझ्छन् भन्ने कुराको सहजता र स्पष्टतामा उल्लेखनीय परिवर्तन देख्छन् ।

तेस्तै, रुसी सेनाले युक्रेनमा नयाँ सरकार स्थापित गराउने अभ्यास सुरु गरेको बताइएको छ। युक्रेनको स्थानीय मिडियाले दिएको जानकारी अनुसार रुसको सेनाले आफ्नो नियन्त्रणमा आएको युक्रेनी सहर मेलितोपोलमा नयाँ मेयरको नियुक्ति गरेको छ।

यसअघि शुक्रबार दिउँसो रुसी सेनाले मेलितोपोल सहरका मेयर इभान फेडोरोभलाई अपहरण गरेको समाचार आएको थियो। रुसले नियुक्त गरेकी नयाँ मेयर र सहरको परिषदकी पूर्व डेप्युटी गलिना डेनिलचेंकोले एक टेलिभिजन प्रसारणमा आफ्नो मुख्य काम,

यो नयाँ वास्तविकताको सामना गर्दै आधारभूत तन्त्रमा’ काम गर्नु भएको बताइन्। उनले सहरलाई चलाउन सकियोस् भनेर जनप्रतिनिधिहरुको एक समिति बनाइरहेको बताइन्। उनले जनतासँग अतिवादी गतिविधिमा भाग नलिन आग्रह गरिन्।

उनले जनप्रतिनिधिहरुसँग भनिन् ‘हामीलाई जनताले चुनेको हो। हाम्रो पहिलो कर्तव्य उनीहरुको भलाइको लागि काम गर्नु हो। यो समितिसँग मेलितोपोल सहरको प्रशासनिक जिम्मेवारी हुनेछ।

यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन्।

त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ।

रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्।राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

त्यस्तै युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ। युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो।

दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने।

युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा विस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए।

दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरुले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए।

विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रवादीहरुले नियन्त्रणमा लिएका छन्, उनले भने। युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ