आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वैद्य माओवादीको निर्णय- चुनाव बहिष्कार, विप्लवसहितका पार्टीसँग एकता

प्रकाशित
476
SHARES

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक सकिएको छ । ३ दिनसम्म काठमाडौँमा बसेको बैठकले विप्लवसहित अन्य ५ कम्युनिष्ट पार्टीसँग तत्काल एकता गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले पातलो मशाल बाहेक अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै बैठकले आगामी निर्वाचनलाई बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाबाट देशले निकाश नपाउने निस्कर्ष निकाल्दै संसदीय प्रणाली अनुसार हुने चुनावमा भाग लिनुको कुनै अर्थ नहुने भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले सञ्चार केन्द्रलाई जानकारी दिए ।

२०५२ सालमा बनेको नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि जनयुद्धको मूल्य र मान्यता तागेर मूल नेतृत्व संसदीय भासमा फसेको भन्दै अलग पार्टी निर्माण गरेका पार्टीका महसचिव मोहन बैद्यले पुनः माओवादी खेमाबाट आएका क्रान्तिकारी शक्ति र कम्युनिष्टहरुसँग एकता गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका हुन् ।

पहिलो संबिधानसभाको बिघठन भएपछि जनतामा जान छोडेर अर्को चुनावको घोषणा गर्नेतिर गएपछि प्रचण्डबाबुरामहरु आत्मसमर्पणवादी र नव संसोधनवादी भएको भन्दै तत्कालिन पार्टीका उपाध्यक्ष रहेका बैद्य र महासचिव वादल, सचिव विप्लव लगायतका नेताहरुले नयाँ पार्टी गठन गरेका थिए ।

दोस्रो संबिधानसभा चुनाव बहिष्कार गरेको तत्कालिन ड्यास माओवादीले पनि तत्काल क्रान्तिकारी कदम अगाडी बढाउन नसकेको भन्दै विप्लवले पुनः २०७१ मा नयाँ पार्टी गठन गरेका थिए भने यसरी अलग बसेर नहुने भन्दै राम बहादुर थापा ‘वादल’,पम्फा भुषाल लगायतका नेताहरु पुनः प्रचण्डकै पार्टीमा फर्किएका थिए।

विप्लव र बैद्य पनि अलग भएको करिव ७ वर्षपछि वैद्यले विप्लवसँग एकता गर्ने प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा राखेका हुन् । समाचार स्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार वैद्य माओवादीको बैठक बस्नु अघि विप्लव र वैद्यको एक घण्टा लामो ‘वान टु वान’ भेटवार्ता भएको थियो । त्यस्तै शनिवार बिहान वैद्य माओवादीको बैठक सकिनुअघि पनि विप्लव र वैद्यविच भेटघाट भएको थियो ।

यस्तै विप्लव नेतृत्वको नेकपाले पनि आगामी केन्द्रीय समिति बैठकमा वैद्य लगायतका कम्युनिष्टपार्टीहरुसँग एकता गर्ने प्रस्ताव लैजाने सम्भावना रहेको छ ।

लामो समयदेखि जनजीविका, राष्ट्रियताका मुद्दामा कार्यनीतिक सहकार्य गर्दै आएका पार्टीहरुसँग तत्काल एकता गरेर राष्ट्रवादी कम्युनिष्ट शक्ति निर्माण गर्नेबारे विप्लवले बारम्बार कुरा उठाउदै आइरहेका छन् । स्रोतका अनुसार नेकपाको केन्द्रीय समिति बैठक चैत्र ३ गतेदेखि कपिलवस्तुमा बस्दै छ ।

वैद्यले विप्लव नेतृत्वको नेकपाका अलावा ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको बैज्ञानिक कम्युनिष्ट पार्टी नेपाल र शुसिल नेतृत्वको माओवादी केन्द्र समाजवादीलगायतका कम्युनिष्टपार्टीहरुसँग पनि एकता गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए ।

वैद्यको एकताको र चुनाव बहिष्कार गर्ने निर्णय केन्द्रीय समितिले एक मतले पारित गरेको क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ