आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनमा आक्रमण गरिरहेको रुसले चीनसँग माग्यो हतियार

प्रकाशित
367
SHARES

वासिङ्टन। रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो।

तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।

उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।हालसम्म चीनले रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।

तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन। रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्।

तेस्तै, रुसले युक्रेनविरुद्ध लड्न चीनसँग हतियार मागेको भन्ने अमेरिकी भनाइको चीनले खण्डन गरेको छ। अमेरिकामा रहेको चिनियाँ दूतावासले रुसले चीनसँग हतियार मागेको भन्ने खबर झुठो भएको बताएको हो।

रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका थिए। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो।

चीनले युक्रेनलाई हतियार दिन खोजिरहेको छ भन्ने खबरपछि चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका सम्पादकले विश्वले न त रुस र न त युक्रेनलाई हतियार दिनु उचित रहेको टिप्पणी गरेका छन्।

चीनको मुखपत्रको रुपमा रहेको पत्रिका ग्लोबल टाइम्सका सम्पादक हु जियानले अमेरिका र चीन दुवैले युक्रेन र रुसलाई हतियार दिन नहुने सम्झौता गर्नुपर्नेमा जोड दिए।

रुसले युक्रेनमा आक्रमण गरेको आज १८ दिन पुगेको छ। अमेरिका र पश्चिमा राष्ट्रले भने युक्रेनलाई हतियार दिइरहेका छन्। उता चीनले रुसलाई हतियार दिए अमेरिकाले रुसको कडा प्रतिकार गर्ने अमेरिकी भनाइ छ।

जारी द्वन्द्वमा चीनले रुस र युक्रेन कसैको पक्ष लिएको छैन। छलफल र कूटनीतिमार्फत नै समस्या समाधान गर्ने पक्षमा चीन छ। यद्यपी रुसी हमलाको निन्दा गर्ने अमेरिकी प्रस्तावमा चीनले समर्थन जनाएको थिएन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्। उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए।

वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ। आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए।

यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ