आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाको आक्रमणबाट चर्चित अमेरिकी पत्रकार मारीए

प्रकाशित
380
SHARES

एजेन्सी। दुइै हप्तादेखि रुसले युक्रेनमाथि हमला गरिरहेको छ। उक्त हमलाबाट हजारौँ युक्रेनी नागरिकको ज्यान गएको छ ।पछिल्लो समय रुसी सेनाहरुले अमेरिकाका प्रतिनिधिहरुलाई पनि निसाना बनाएका छन्।

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन्।

हमलामा अर्का एक जना घाइते भएका छन्। इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन्।

गोली लागेर उनका पार्टनर घाइते बनका छन्। ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रुस विरुद्ध भ्रामक समाचार सामाग्री तयार पारिरहेका उनलाई रुसले निसाना बनाएको थियो। अमेरिकाले युक्रेनलाई उस्काएर भागेको थियो।विशेषगरी रुससँग लड्नका लागि आफूले सहयोग गर्ने घोषणा गरेको अमेरिका हतियार बेच्ने बाहेक अरु केही गरेको छैन्।

अमेरिका आफ्नो हतियार विक्रि गर्नका लागि एउटा देश र अर्को देश भिडाउने गर्छ। तेस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्।

उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए। वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ।

आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए।यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।

तेस्तै, रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ। सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानाकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्।

राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन्।यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो।

नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धीमूलक ठहरिएका थिए। युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएको छ।

यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेशमन्त्री तहमा भएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग आग्रह गरेका छन्।

पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ