आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसलाई सैन्य-आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको कडा चेतावनी

प्रकाशित
469
SHARES

बीबीसी। अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्।

तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए।अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्।

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो। तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन।

ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ। वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।

उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए। हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन।

रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए। युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन्। पोल्यान्ड नेटो सदस्य राष्ट्र हो।

साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए।

तेस्तै, अमेरिका र पश्चिमी देशहरुले रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन्। पश्चिमी देशले तेल आयात रोक्ने तयारी गरेपछि रुसले पनि युरोपमा ग्यास आपूर्ति ठप्प पारिदिने चेतावनी दिइसकेको छ।

रुसले युक्रेनमा आक्रमण गर्नुअभि ९२ डलर प्रतिब्यारल रहेको कच्चा तेलको मूल्य रुसी तेलमा प्रतिबन्ध लगाइए ३०० डलर प्रतिब्यारलसम्म पुग्ने रुसले चेतावनी दिइसकेको छ।

रुस कच्चा तेलको सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक हो। रुसले प्रतिदिन ७०० मिलियन ब्यारल क्रुड निर्यात गर्छ जुन विश्व बजारमा खपत हुने तेलको ७ प्रतिशत हो। रुसको तेल नहुँदा विश्व बजारमा यसै पनि तेलको अभाव हुने निश्चित छ।

यही बीचमा अर्को ठूलो तेल निर्यातक देश इरानबाट पनि तेल आपूर्ति रोकिने जोखिम बढेको छ। इरानको विश्व शक्तिहरुसँग २०१५ को परमाणु सम्झौता बचाउनको लागि ११ महिनादेखि चलिरहेको वार्ता युक्रेन संकटका कारण अवरुद्ध भएसँगै इरानी तेल पनि रोकिने र विश्व बजारमा हाहाकार हुन सक्ने जोखिम बढेको हो।

अहिले इरान र विश्व शक्तिबीच वार्ता हुनुपर्ने थियो तर युरोपेली संघले यस विषयमा निर्णय लिनको लागि थप समय मागेको छ। यससँगै वार्ताका लागि अष्ट्रियाको भियना पुगेका इरानी वार्ताकार अली बघेरी पनि फर्किएर तेहरान गएका छन्।

वार्ताको जिम्मेवारी लिइरहेका युरोपेली संघका शीर्ष राजदूत एनरिक मोराको ट्वीटले पनि स्पष्ट पारिसकेको छ कि अहिले विशेयाज्ञ तहको वार्ता हुन सक्दैन। अहिले कुनै औपचारिक बैठक भइरहेको छैन र अबको केही दिनमा भियना वार्ता अन्त्य गर्ने निर्णय हुनेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मोराको ट्वीट इरानको तर्फबाट मुख्य वार्ताकार अली बघेरी विचार विमर्शका लागि भियनाबाट फर्केर तेहरान गर्एपछि आएको हो । इरानी मिडियामा पनि अब भियना वार्तामा विशेषज्ञ सहभागी हुने समाचार आएका छन्।

उता वाशिङटनमा ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले रिपोर्टरहरुसँग कुरा गर्दै अमेरिका र उसका सहयोगी देश इरानसँग परमाणु सम्झौताको ‘नजिक’ पुगेको तर अझै पनि केही ‘महत्वपूर्ण विषय’मा निर्णय लिन बाँकी भएको बताएकी छिन्।

यदि यो वार्ता विफल भयो भने पश्चिमी देशले इरानमाथि अझै कठोर प्रतिबन्ध लगाउन सक्छन्। यसको परिणामस्वरुप युक्रेन संकटका कारण पहिल्यै बढेको तेलको मूल्य अझै बढ्न सक्छ किनकि प्रतिबन्धको अवस्थामा इरानी तेलको आपूर्ति पनि रोकिन सक्छ।

अर्थात अहिले नै तेलको मूल्यमा आगो लागिसकेको छ र इरानसँगको वार्ता विफल भए त्यो आगोमा घिउ थपिनेछ। फ्रान्स, बेलायत र जर्मनीको तर्फबाट युरोपेली वार्ताकारयो वार्ताबाट पहिले नै अस्थायी रुपमा अलग्गिइसकेका छन्।

उनीहरुले आफूहरुको भूमिका सकिएको र अब मुख्य पक्षले आपसी मुद्दा सुल्झउनुपर्ने बताएका छन्। वार्ता सम्झौताको नजिक पुगेको भनिए पनि केही दिन अघिमात्र रुसको भनाइले यो वार्ता झनै अल्झिएको छ।

केही दिनअघि रुसका विदेशमन्त्री सर्गेइ लावरोभले युक्रेनमा आक्रमणका कारण रुसमाथि लगाइएका प्रतिबन्धको असर इरानसँग रुसको व्यापार, लगानी र सैन्य प्रविधि सहयोगमा नपर्ने अमेरिकाले ग्यारेन्टी दिनुपर्ने बताएका थिए।

सोमबार लावरोभले इरानी विदेशमन्त्री हुसैन आमिरअब्दोल्लाहियांसँग फोन वार्ता गरेर पनि नयाँ परमाणु सम्झौतामा कुनै पनि सदस्यमाथि भेदभाव हुन नहुने कुरामा जोड दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ