आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपाको सिंगो जिल्ला पार्टी माओवादीमा समाहित

प्रकाशित
402
SHARES

काठमाडौ। बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ। यो हुम्लाको खबर हो ।

हुम्लामा रहेका जसपाका चार केन्द्रीय सदस्यसहित एक हजार एक सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएका छन्।आइतबार हुम्लामा भएको कार्यक्रममा ठूलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेको बताइन् ।

उनका अनुसार १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा सामेल भएका हुन्।

नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए। कार्चेन लामालाई प्रदेश मन्त्री बनाएपछि हुम्लामा माओवादीको जनाधार बलियो हुँदै गएको छ,’

नेकपा माओवादी केन्द्रका एक जना स्थानीय नेताले भने।कर्णाली प्रदेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर लागेको छ। तेस्तै,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निदहराम हुनेगरी पोल खोलिदिएका छन्।

थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएपछि प्रचण्डको निद हराम भएको हो। आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताए।

प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ। यो नेपालको आवश्यकता हो, उनले भने।

उनले अगाडि भने, ‘यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन। उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो।

दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ। उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको छ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे।

अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ