आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिना जानकारी सुटुक्क नेपाल छिर्यो भारतीय हेलिकोप्टर

प्रकाशित
345
SHARES

काठमाडौं। बिना जानकारी  भारतीय हेलिकोप्टर सुटुक्क नेपाल छिरेर गृह र रक्षा मन्त्रालयलाई चुनौती दिएको छ। बिना जानकारी अर्को देशको आकाशमा यसरी फ्लाई गर्नु  गम्भीर बिषय हो।  गृह र रक्षा मन्त्रालय भने बेखबर छ।

बिहीबार दिउँसो सुटुक्क  बझाङको थलारा गाउँपालिका-९ छालागडामा भारतीय नागरिक सवार हेलिकोप्टर अवतरण भयो। कैलाश हेलिकोप्टर सर्भिसको ९ एनएजेजे नम्बरको हेलिकोप्टर एक्कासी बझाङ पुगेर अवतरण भएपछि धेरैको ध्यान केन्द्रीत भयो।

पूर्वजानकारीबिना भारतीय नागरिक सवार हेलिकोप्टर आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि सोधीखोजी गर्न थाले। थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले हेलिकोप्टरमा आएका भारतीय नागरिकलाई नै प्रश्न गरे।

वडाध्यक्षको प्रश्नमा उनीहरूले नदीको बहाव र कटान गरेको हेर्न आएको जवाफ दिए। उनीहरूको जवाफ चित्त नबुझेपछि स्थानियले प्रहरीलाई खबर गरे। तर उनीहरू प्रहरी पुग्नुअघि नै त्यहाँबाट फिर्ता भए।

हेलिकोप्टरमा चालकसहित पाँच जना भारतीय नागरिक रहेको वडा अध्यक्ष जोशीले बताए। उनले भने, ‘‘हिन्दी बोलिरहेका थिए। साथमा नक्सा पनि बोकेका थिए। उनीहरू करीब आधा घण्टा बसेपछि गए।

हेलिकोप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनविज्ञ छ। हेलिकोप्टरको विषयमा जानकारी नभएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

हेलिकोप्टरमा को, किन आए भनेर नखुलेको र आफूलाई कुनै पूर्वजानकारी पनि नभएकाले यस बारेमा आफूलाई जानकारी नभएको उनले बताए।तर यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञान बहादुर विष्टले,

पश्चिम सेती परियोजनाको बिषयमा अवलोकन आएका बताएका छन्। उनले भने, ‘पुर्व जानकारी हामीलाई केही थिएन्, स्थानियले खबर गरेपछि जानकारी पायौं तर हामी पुग्नुअघि नै उनीहरू फिर्ता भइसकेका थिए।

उनले थपे विस्तारै बुझ्दै जादाँ पश्चिम सेती परियोजनाको बिषयमा अवलोकन गर्न आएको भन्ने छ। डीएसपी विष्टले उक्त हेलिकोप्टर सुर्खेतबाट आएको र बाकी जानकारी पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा रहेको बताए।

यो भन्दा पहिला पनि स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चा नेपालले आपत्ति जनाएको थियो । केही दिनयता लगातार दार्चुला जिल्लाको सदरमुकाम खलंगास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर,

लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएपछि जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको हो ।

जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौती दिएको छ।

भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ। त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।

यस्तै, महाकालीको तुइन घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गर्दा समेत दोषीलाई कारबाही गर्न नेपाल सरकारले भारतीय पक्षसँग पहल नगरेको भन्दै

जनमोर्चाले आपत्ति जनाएको छ। पार्टीका महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा मृतक धामीको परिवारलाई आवश्यक क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेको छ।तेस्तै, फेब्रुअरीमा भारतीय हेलिकप्टर दुर्घटना भएको पाकिस्तानले जनाएको छ।

उक्त हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको थियो। यद्यपि उक्त हेलिकप्टर दुर्घघनाको शिकार नभएर भारतीय सेनालेनै खसालेको दावी पाकिस्तानले गरेको छ।अखबार जंगले आफ्नो पहिलो पृष्ठमानै लेखेको थियो भारतले आफ्नै ६ सेनाको हत्या ग-यो, हेलिकप्टर पनि ध्वस्त।

भारतको अर्को एउटा झुठ खुलासा भएको छ । जसलाई भारतीय मिडियालेनै भण्डाफोर गरेको अखबारले लेखेको छ। भारतीय वायु सेनाको हेलिकप्टर कुनै प्रविधिका कारण नभई भारतीय सेनाको मिसाइलबाट झरेको थियो ।

जसमा ६ सैनिकको मृत्यू भएको दावी पत्रिकाको छ ।भारतीय सेनाले मारिनेको परिवार तथा पुरै भारतलाई झुठ बोलेको भारतीय मिडियालाई उद्र्धृत गर्दै अखबारले लेखेको छ। अखबार नवा–ए–वक्तले आफ्नो शीर्षका लेखेको छ,

पाकिस्तानी सेनासँग भयभीत भारतीय सेनाले आफ्नै हेलिकप्टर खसालेको थियो। भारतले २७ फेब्रुअरीमा पाकिस्तानी वायुसेनासँगको झडपको समयमा हडबडाएर मिसाइल प्रहार गरेको थियो र यसबाट आफ्नै हेलिकप्टर खसेको अखबारले जनाएको छ।

भारतीय सेनाले आफ्नो र अर्कोनै छुट्याउन नसकेको दावी अखबारको छ ।भारतीय टोली यो विषयको छानविनमा लागेको भारतीय पत्रिका इकोनोमिक टाइम्समा प्रकाशित खबरको हवाला दिँदै अखबार नवा–ए–वक्तले जनाएको छ। जाँचमा दोषि पाइएमा हेलिकप्टर खसाल्ने सेनालाई कोर्ट मार्शलको कारबाही गरिने पत्रिकाले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ